हवाइ यातायात
एकैदिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५५९ उडान–अवतरण
मङ्गलबार, १५ असोज २०८१, १२ : ५३
काठमाडौँ । सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५५९ उडान तथा अवतरण भएका छन् ।
विमानस्थल कार्यालयले दिएको जानकारी अनुसार आन्तरिकतर्फ हेलिकप्टरसहित २२७ उडान र २२१ अवतरण भएका छन् । अन्तर्राष्ट्रियतर्फ ५६ अवतरण र ५५ उडान भएको विमानस्थल कार्यालयले जनाएको छ ।
आज मंगलबारका लागि आन्तरिकतर्फ हेलिकप्टर बाहेक १६९ अवतरण र १७२ उडान तालिका तय गरिएको छ । अन्तर्राष्ट्रियमा ५८ उडान र ५७ अवतरण हुने जनाइएको छ ।
वर्षाले गर्दा अधिकांश राजमार्ग अवरुद्ध भएकाले यात्रुले हवाई उडान रोजेका छन् । यसले गर्दा आन्तरिक उडानका लागि बिहीबारसम्मका टिकट लगभग बिक्री भएको एयरलाइन्स कम्पनीहरूले जनाएका छन् ।
बुध्द एयरका सूचना अधिकारी दीपेन्द्र कर्णले सबै गन्तव्यका उडान पूर्ण क्षमतामा भइरहेको जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चुनावी परिणामलाई लिएर हार मानेको छैन: कुलमान
-
जीवन आफैँमा एक निरन्तर अभ्यास हो : दयाहाङ राई
-
लिङ्ग परिवर्तनको शल्यक्रियापछि अनायाले पोखिन् पीडा
-
आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने
-
इरानले सुरुङमा विस्फोटक धराप बिछ्याएपछि अमेरिकी योजना रोकिएको खुलासा
-
रास्वपाको बागमती अधिवेशनः विद्युतीय मेसिनबाट मतदानको तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण