१४२ वर्षपछि बेलायतले पुरै बन्द गर्यो कोइला ऊर्जा
लन्डन । बेलायतले कोइलाबाट बिजुलीको उत्पादन पुरै बन्द गरेको छ । १४२ वर्षदेखि ऊर्जाको लागि कोइलामाथिको निर्भरता बेलायतले अन्त्य गरेको हो ।
रेडक्लिफ–अन–स्टारमा रहेको देशको अन्तिम कोइला ऊर्जा केन्द्र सोमबारदेखि सञ्चालनमा आउन छाडेको छ । यो ऊर्जा केन्द्र सन् १९६७ यता चल्दै आएको थियो । आफ्नो कारण हुन सक्ने जलवायु परिवर्तन घटाउने दिशामा यो बेलायतको ठुलै सफलता हो । बेलायत कोइलाबाट बिजुली निकाल्ने पहिलो देश थियो । तर सोमबारदेखि यो कोइला त्याग्ने पहिलो मुख्य अर्थतन्त्र बनेको छ ।
विश्वमा कोइलामा आधारित पहिलो ऊर्जा उत्पादन केन्द्र सन् १८८२ मा लन्डनमा खुलेको थियो । त्यतिबेलादेखि २०औं शताब्दीको पहिलो आधा अवधिमा बेलायतको बिजुलीको अधिकांश आवश्यकता कोइलाले नै पुरा गरिदिएको थियो । सन् १९९० को दशकको सुरुदेखि बिजुलीको लागि कोइलाको खपत घट्न थालेको भएपनि अर्को २ दशकसम्म कोइला बेलायती बिजुलीको महत्त्वपूर्ण हिस्सा रह्यो ।
सन् २०१२ मा बेलायतको ऊर्जामा ३९ प्रतिशत अनुपात कोइलाले नै ओगटेको थियो । तर पछिल्लो समय नवीकरणीय ऊर्जाको उत्पादन बढेसँगै कोइलामाथिको परनिर्भरता पुरै हट्यो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाँचथरमा तीन सडक खण्ड ठप्प : कुन सडकको अवस्था कस्तो छ?
-
बजेटमा समेटिएका आयोजना निर्धारित समयभित्र सम्पन्न हुनुपर्छ : मन्त्री श्रेष्ठ
-
दुर्घटनामा परे हर्क साम्पाङ, स्वास्थ्य अवस्था सामान्य
-
हराएको सिमकार्डबाट मोबाइल बैंकिङ ह्याक, २४ लाख ठगी गर्ने दुई युवक पक्राउ
-
मोदी जलविद्युत्को ठेक्का प्रक्रिया विवादमा, अनुभवको प्रमाणपत्रमा किर्ते गरेको आरोप
-
नेपालगञ्जको तापक्रम ४१ डिग्रीसम्म पुग्नसक्ने : कुन सहरको मौसम कस्तो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण