चाणिकलाललाई केएनपी नेरोलेक पेन्ट्सको सम्मान
मङ्गलबार, १५ असोज २०८१, १७ : ४१
काठमाडौँ । ललितपुरस्थित नख्खु खोलाले बगाएर ल्याएका २ जनाको सकुशल उद्धार गरेका चाणिकलाल तामाङलाई केएनपी नेरोलेक पेन्ट्सले सम्मान गरेको छ ।
काठमाडौंमा आज एक कार्यक्रम गरी केएनपीले तामाङलाई नगदसहित सम्मान गरेको हो । ललितपुरमा बस्दै आएका काभ्रे तेमाल-९ का ३३ बर्षीय चाणिकलाल रङरोगनको काम गर्दै आएका छन् ।
सम्मान कार्यक्रममा केएनपीका नेपाल निर्देशक मनोज मिश्रले उनको साहसीक कदमको लागि सम्मान गर्न पाउँदा खुसी लागेको बताए । तामाङ रङकर्मी भएको नाताले पनि पेन्ट्स् कम्पनीका लागि गर्वको कुरा भएको मिश्रको भनाइ थियो ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण