एक सय ६३ विदेशी पर्यटकको उद्धार

काठमाडौँ । बाढीपहिरोका कारण अलपत्र एकसय ६३ विदेशी पर्यटकको उद्धार गरिएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेको अग्रसरतामा शनिबार मन्त्रालयमा बसेको अकस्मिक बैठकपछि अलपत्र परेका पर्यटकलाई सहयोग गर्न नेपाल पर्यटन बोर्ड अन्तर्गतको क्राइसिस सेलको समन्वयमा सो उद्धार भएको हो ।
सेलले नेपालस्थित विदशी दूतावास, कन्सुलेट अफिस, ट्राभल तथा ट्रेकिङ एजेन्सीलगायत नेपाली सुरक्षा निकायसँग समन्वय गरी पर्यटकको उद्धार गरिरहेको छ । पर्यटक प्रहरी र सेलको हटलाइनमार्फत २४सै घण्टा पर्यटकका लागि सेवा दिन सुरु गरिएको जनाइएको छ ।
सेलले वेभसाइटमार्फत पर्यटकका लागि हवाई सेवा र मौसमसम्बन्धी जानकारी उपलब्ध गराउँदै आएको छ ।
यसै क्रममा बाढी पहिरोमा हराएका भनिएका सिङ्गापुरका पर्यटक याप सी मिन र किङ यी केन्टलाई सुरक्षित अवस्थामा फेला पारिएको मन्त्रालयले जनाएको छ ।
यस्तै, रामेछापाबाट एक नेपाली र एक भारतीय पर्यटकको पनि उद्धार गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महालक्ष्मीको बार आज कसलाई कति फलदायी ? हेर्नुहोस् राशिफल
-
आजको प्रतिनिधि सभा बैठकमा अर्थमन्त्रीले जवाफ दिने
-
काठमाडौंमा आजदेखि ‘सगरमाथा संवाद’, १७५ विदेशी पाहुना नेपालमा
-
कति पुग्यो डलरको मूल्य ? के छ विदेशी मुद्राको दरभाउ ?
-
साउदीमा कामविहीन भएका नेपाली श्रमिकलाई स्वदेश फर्काउने पहल सुरू
-
बार्सिलोनालाई २८ औं ला लिगा उपाधि, ‘बच्चा’ टोलीले गर्यो चमत्कार