कोपेनहेगनस्थित इजरायली दूतावास नजिक विस्फोट
बुधबार, १६ असोज २०८१, १४ : २९
कोपेनहेगन । डेनमार्कको राजधानी कोपेनहेगनमा विस्फोटको आवाज सुनिएको छ । विस्फोट कोपेनहेगनमा रहेको इजरायली दूतावास नजिकै भएको बताइएको छ ।
विस्फोटबारे प्रारम्भिक अनुसन्धान भइरहेको डेनमार्क प्रहरीले बुधवार भनेको छ । विस्फोट स्ट्रेन्डगेरवेज र लुन्डेवान्ग्सवेज क्षेत्रमा भएको हो । यी दुई क्षेत्रमा भएका विस्फोटमा कोही पनि घाइते नभएको प्रहरीले जनाएको छ ।
‘दुईवटा विस्फोटको आधारमा हामी स्ट्रेन्डगेरवेज/ लुन्डेवान्ग्सवेज क्षेत्रमा जाँच भइरहेको छ । कोही पनि घाइते भएका छैनन् । सो क्षेत्रमा रहेको इजरायली दूतावासमा भएको बम विस्फोटको सम्बन्धमा अनुसन्धान भइरहेको छ ।’ एक्समा गरेको पोस्टका कोपेनहेगन प्रहरीले भनेको छ ।
यी घटनाबारे सोधपुछका लागि कयौँ फोन आइरहेको र आफूहरूले जवाफ दिन नसकेको प्रहरीले बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आम्दानीको प्रमुख माध्यम बंगुर र माछापालन
-
विषवृक्ष रोपे फाल्ने रवि–बालेनको चेतावनी, तर पार्टीमा छताछुल्ल गुटबन्दी
-
स्पेनमा तातो लहरपछि भीषण डढेलो, हजारौँ हेक्टर वन क्षेत्र नष्ट
-
धितोपत्र बोर्डका नवनियुक्त अध्यक्षले लिए शपथ, लगानीकर्ताको हितमा काम गर्न अर्थमन्त्रीको निर्देशन
-
कृषिलाई सम्मानित र लाभदायी पेसा बनाएर युवाहरूलाई आकर्षित गर्नुपर्छ: आङदेम्बे
-
सारिका घिमिरेदेखि थानेश्वर गौतमसम्मले जिते अवार्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण