सहकारी ठगी प्रकरण
सहकारी ठगी प्रकरण : छविलाल जोशीलाई थुनामुक्त गर्नेबारे प्रहरीको ध्यानाकर्षण
बुधबार, १६ असोज २०८१, १९ : ३८
काठमाडौँ । सर्वोच्च अदालतले सूर्यदर्शन सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि पक्राउ परेका छविलाल जोशीलाई धरौटी वा जमानतमा छाड्ने कानुनी व्यवस्था रहेकोप्रति प्रहरीको ध्यानाकर्षण गराएको छ ।
बुधबार न्यायाधीशहरू तिलप्रसाद श्रेष्ठ र अब्दुल अजिज मुसलमानको इजलासले दसैँ बिदा सुरु हुन लागेको भन्दै धरौटी वा तारेखमा छाड्न ध्यानाकर्षण गराएको हो ।
जोशीको परिवारका तर्फबाट परेको बन्दी प्रत्यक्षीकरण रिटको सुनुवाइ गर्दै सर्वोच्चले रिट खारेज गर्दै उनलाई गैरकानुनी हिरासतमा नराखी अनुसन्धान गर्नेबारे ध्यानाकर्षण गराएको हो । अदालतले थुनामुक्त गर्नु भनेको छैन तर थुनामा नराखी अनुसन्धान गर्न सकिने कानुनी व्यवस्था रहेकोप्रति प्रहरीको ध्यानाकर्षण गराएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सलमान खानले छाड्न लागेका हुन् ग्यालेक्सी अपार्टमेन्ट ?
-
रास्वपामा बालबालिकाको प्रयोग : पार्टी मौन, मानवअधिकार आयोग बेखबर
-
पूर्वशेफद्वारा काइली जेनरमाथि गम्भीर आरोप
-
सर्लाहीका निलम्बित मेयर भरत थापालाई साधारण तारेखमा राख्न आदेश
-
गृहमन्त्रीपछि उद्योगमन्त्रीको गाडीको कालो सिसा हटाइयो
-
बारम्बार टन्सिल हुनुलाई सामान्य नठानौँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण