पाँचखाल नगर प्रमुख खरेलले तीन वर्षको तलबभत्ता राहत कोषमा सहयोग गर्ने
काभ्रेपलाञ्चोक । पाँचखाल नगरपालिका प्रमुख महेश खरेलले आफ्नो तीन वर्षको तलबभत्ता बाढीपीडित राहत कोषमा दिने निर्णय गरेका छन् । उनले कार्यपालिका बैठकबाट तीन वर्षको तलब भत्ताबाट प्राप्त हुने रु १५ लाख बाढी पहिरो पीडितलाई सहयोग गर्ने निर्णय गरेका छन् ।
खरेलले सो रकम यहाँका क्षतिग्रस्त स्थानीय तहको राहतकोषमा जम्मा गर्ने निर्णय गरेको बताए । “पाँचखालभन्दा काभ्रेपलाञ्चोकको अन्य तहमा बढी जनधनको क्षति भएको छ, यसकारण मैले व्यक्तिगत रूपमा यस प्रकारको आर्थिक सहयोग गर्ने निर्णयमा पुगेको हुँ”, उनले भने । हालैको बाढीपहिराले काभ्रेपलाञ्चोकमा धेरै जनधनको क्षति भएको छ ।
पछिल्लो विवरणअनुसार बाढीपहिरोमा परी जिल्लामा ७७ जनाको मृत्यु भएको छ भने ७५ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय धुलिखेलका अनुसार काभे्रपलाञ्चोकमा ३३ महिला, २८ पुरुष, नौ बालक र सात बालिकाको मृत्यु भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दाँतमा समस्या देखिएपछि एमाले अध्यक्ष ओली त्रिवि शिक्षण अस्पतालमा
-
बैंकक बम विस्फोटको घटनामा दुई जनालाई मृत्युदण्ड
-
जसलाई चुनाव हराउन ठुला एआई कम्पनीहरूले अर्बौँ खर्च गर्दैछन्
-
उपत्यकाको दक्षिणकाली क्षेत्रमा धान रोपाइँ सुरु, तस्बिरहरू
-
विश्वकप २०२६ को अनधिकृत प्रसारण रोक्न प्राधिकरणको निर्देशन, यी ३५ वेबसाइट र एप ब्लक गरिँदै
-
जेनजी आन्दोलनमा थुनाबाट भागेका दुई जना फरार प्रतिवादी पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण