‘लेबनानलाई अन्तर्राष्ट्रिय समुदायले बेवास्ता गर्यो’
बेरुत । यतिबेला इजरायलले हिजबुल्लाहलाई निशाना बनाउने नाममा लेबनानमाथि एक पछि अर्को गर्दै आक्रमण गरिरहेको छ । सारा अन्तर्राष्ट्रिय समुदायले लेबनानलाई अलपत्र छाडेको लेबनानका पूर्वप्रधानमन्त्री फोउद सिनिओराले बताएका छन् ।
लेबनानलाई ध्वस्त हुनका लागि यसरी छोड्नु अस्वीकार्य भएको सन् २००६ मा इजरायलसँग युद्धको समयमा लेबनानका प्रधानमन्त्री रहेका सिनिओराले बताए । शान्ति पुनःबहालीको कोसिसको कुरा आउँदा पहलको अभाव भएको पनि उनले बताए ।
‘हामीहरू निकै अप्ठ्यारो अवस्थामा छौँ, यसका लागि स्थानीय स्तरको साथसाथै अरब र अन्तर्राष्ट्रिय समुदायबाट पनि वास्तविक पहल चाहिएको छ,’ उनले भनेका छन् । अमेरिकी प्रशासन चुनावमा व्यस्त भएकै समयमा लेबनानमाथि आक्रमण भइरहेको पनि उनले बताए । हिजबुल्लाहको लडाकुहरूले सीमा पार गरेर इजरायली सेनाहरूलाई आक्रमण गरेपछि २० वर्ष अघि लेबनान र इजरायलबिच लडाई भएको थियो ।
यस क्रममा २ जना अपहरणमा परेका थिए भने तीन जना मारिएका थिए । त्यसपछि दुई देशबिच महिनौँ लामो द्वन्द्व चल्यो । सो घटनाक्रमबाट सिनिओराले आफ्नो सरकारलाई अलग राखेका थिए । अहिलेको सरकारले त्यतिबेला आफ्नो सरकारले गरेको काम नगरेको सिनिओराले भनेका छन् । हिजबुल्लाहले सीमा पार गरेर इजरायली सेनाको अपहरण र हत्या गर्छ भन्ने कुरा आफ्नो सरकारलाई जानकारी नदिएको उनले बताए । तर यस पटक लेबनान सरकारले कुनै पहल नगरेकोमा दुखेसो पोखे । इरान समर्थित हिजबुल्लाहको नियन्त्रण सारा लेबनान रहेको पनि उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आम्दानीको प्रमुख माध्यम बंगुर र माछापालन
-
विषवृक्ष रोपे फाल्ने रवि–बालेनको चेतावनी, तर पार्टीमा छताछुल्ल गुटबन्दी
-
स्पेनमा तातो लहरपछि भीषण डढेलो, हजारौँ हेक्टर वन क्षेत्र नष्ट
-
धितोपत्र बोर्डका नवनियुक्त अध्यक्षले लिए शपथ, लगानीकर्ताको हितमा काम गर्न अर्थमन्त्रीको निर्देशन
-
कृषिलाई सम्मानित र लाभदायी पेसा बनाएर युवाहरूलाई आकर्षित गर्नुपर्छ: आङदेम्बे
-
सारिका घिमिरेदेखि थानेश्वर गौतमसम्मले जिते अवार्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण