रेस्लर भगवतीको कीर्तिमान लन्डनस्थित ‘वर्ल्ड बुक अफ रेकर्डस्’ मा
काठमाडौँ । रेस्लिङमा युनिका उपनामले चिनिने रेस्लर भगवती खड्काको नाम ‘वर्ल्ड बुक अफ रेकर्डस’ लन्डनमा समावेश गरिएको छ । भगवती अध्यक्ष रहेको संस्था नेपाल महिला रेस्लिङ फाउन्डेसनले सोलुखुम्बुको खुम्बु गाउँपालिकास्थित पाँच हजार ६ सय ४४ मिटरको उचाइमा रहेको कालापत्थरमा रेस्लिङ आयोजना गरेको थियो ।
गत जेठ १६ (मे २९) ‘एभरेष्ट डे’ का अवसरमा भएको उक्त रेस्लिङ प्रतियोगिता भगवती र अमेरिकी रेस्लर डानियल मोरिसन (डानी मो) बिच भिडन्त भएको थियो । उक्त खेलमा भगवती विजयी भएकी थिइन् । सोही गतिविधिका कारण भगवतीको नाम वर्ल्ड बुक अफ रेकर्डस् समावेश गरिएको हो ।
रेस्लिङ खेलमार्फत विश्व कीर्तिमान बनाउने सपना देख्दै आएकी खड्काले विश्वमा हालसम्म यति उचाइमा रेस्लिङ खेल नखेलिएकाले यो विश्व रेकर्ड भएको भगवतीले जानकारी दिइन् । उक्त मैत्रीपूर्ण खेलमा नेपाली रेस्लर अस्मिता जुरेलीले रेफ्रीको भूमिका निर्वाह गरेकी थिइन् ।
अल अराउन्ड ट्रेक्सका एमडी सोनम शेर्पाले कार्यक्रमका लागि सहजीकरण गरेका थिए । वर्ल्ड बुक अफ रेकर्ड्स लन्डनका अध्यक्ष एवं प्रमुख कार्यकारी अधिकृत सन्तोष शुक्लाले भगवतीलाई एक कार्यक्रमबिच प्रमाण पत्र हस्तान्तरण गरे । गिनिज बुक अफ वर्ल्ड रेकर्डमा कीर्तिमानका लागि पहल भइरहेको भगवतीले जनाएकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मिर्गौला प्रत्यारोपणपछि पनि सगरमाथाको शिखर चुमेका पेम्बा
-
ट्राफिक कारबाहीमा एकैदिन २१ लाख १० हजार राजस्व सङ्कलन
-
केप भर्डे र साउदी अरेबिया पहिलो हाफमा गोलरहित
-
मनभित्र रिस दबाएर राख्दा हुन सक्छ अटोइम्युन डिजिज
-
पहिलो हाफमा उरुग्वेविरुद्ध स्पेनलाई अग्रता
-
गोलबजार नगरपालिका पूर्णखोप सुनिश्चितता र दिगोपना घोषणा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण