दसैँमा पर्यटन विभाग र बोर्डले सेवा सञ्चालन गर्ने
बडादसैँमा पर्यटकको सेवालाई मध्यनजर गरी पर्यटन विभाग र नेपाल पर्यटन बोर्डले सेवालाई निरन्तरता दिने भएको छ । दुवै निकायको अत्यावश्यक सेवा सञ्चालन हुने जनाएका हुन्।
बोर्डका निर्देशक मणिराज लामिछानेका अनुसार विजयादशमीको टीकाको दिन सार्वजनिक विदा परेकाले त्यसदिनबाहेक सबैदिन कार्यालय आधा समय खुल्नेछ । बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म पदयात्री सूचना व्यवस्थापन प्रणाली (टिम्स) सहयोग केन्द्र र पर्यटक सूचना केन्द्र सञ्चालन हुनेछ ।
विभागको अत्यावश्यक सेवाका रुपमा रहेको पर्वतारोहण अनुमतिलाई निरन्तरता दिइने विभागका निर्देशक राकेश गुरुङले जानकारी दिए । उनका अनुसार पर्वतारोहणको सन् २०२४ को शरद् ऋतुको मध्य अवस्थामा चलिरहेकाले आरोहणको व्यस्त याममा दसैँमा आरोहण अनुमति, ‘ब्रिफिङ’ तथा ‘डिब्रिफिङ’ निरन्तर सञ्चालन हुने विभागले जनाएको छ । सार्वजनिक बिदाको दिनसमेत विभागको काम यथावत् रहने जनाइएको छ ।
दसैँलगायत महत्वपूर्ण चाडपर्वसँगै पर्यटकीय याम पनि भएकाले हाल पर्यटकीय गन्तव्यमा पर्यटकको चहलपहल बढेको बोर्डले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेसी–रोनाल्डो युगपछि विश्वकपमा चम्किँदै नयाँ पुस्ता
-
हाल्यान्डको निर्णायक गोल, आइभरी कोस्टलाई हराउँदै नर्वे अन्तिम १६ मा
-
हाल्यान्डको गोलमा नर्वेलाई २–१ को अग्रता
-
आइभरी कोस्टले फर्कायो गोल, खेल थप रोमाञ्चक
-
कबाडी सामान बोकेका थप २ ट्रक सशस्त्रको नियन्त्रणमा
-
१२ बजे १२ समाचार : चीनमा २ नेपाली युवा पक्राउ, कर्मचारीहरूको सरुवा प्रक्रिया अब डिजिटल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण