कर्नाटकका स्कुटर मेकानिकले केरलामा जिते २५ करोडको चिट्ठा
केरला । अल्ताफ पाशाले उनका दुई साथीलाई ५ सय भारतीय रुपैयाँको लट्री टिकट किन्न प्रस्ताव गरे । यो तीनै जना मिलेर लट्री टिकटको पैसा तिर्नका लागि थियो, तर दुबैले प्रस्ताव अस्वीकार गरे।
अल्ताफले बीबीसी हिन्दीलाई भने, ‘यसपछि मेरो दिमागमा यो समय भाग्य मेरो साथमा छ भन्ने कुरा आयो।‘ साँच्चै नै यसपटक उनको भाग्य चम्कियो । उनले बुधबार केरलाको ओणम लट्रीमा २५ करोड भारतीय रुपैयाँ जितेका थिए।
कर्नाटकको मैसूरको पाण्डवपुराका स्कुटर मेकानिक अल्ताफले भने, ‘मसँग केही छैन। म भाडाको घरमा बस्छु र मेरो पसल पनि भाडामा छ।’
उनकी श्रीमती सीमाले भनिन्, ‘उहाँले विगत १५ वर्षदेखि लट्री टिकट किन्दै आउनुभएको थियो। साथीहरूबाट अफर अस्वीकार भएपछि मैले उहाँलाई अहिले टिकट नकिन्नु भनेँ। किनभने यति वर्षमा उहाँले एक हजार रुपैयाँ पनि जित्न सक्नुभएको थिएन । तर अहिले लट्री जित्नु भयो।"
अल्ताफ केरलाको सुल्तान बाथेरीमा लट्रीको टिकट किनेको ठाउँमा पुगेका थिए । अधिकारीहरूले उनीहरूलाई सार्वजनिक क्षेत्रको बैंकमा चालू खाता खोल्न भनेका छन्।
अल्ताफले भने, ‘लट्री जिते भने के गर्छु भन्ने धेरै सपना देखेको थिएँ। अल्लाहले मेरो कुरा सुन्नुभयो । अब म घर किन्न चाहन्छु, तर यो बिस्तारै हुनेछ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ महानगरले निःशुल्क पिउने पानी बुथ बनाउने, सार्वजनिक शौचालयको अवधारणा
-
के छ काठमाडौँ महानगरको नीति तथा कार्यक्रममा ?
-
काठमाडौँ महानगरले एकीकृत करदाता परिचय नम्बर पूर्ण रुपमा लागू गर्ने
-
काठमाडौँ महानगरले सात क्लस्टर विभाजन गरी फोहर मैलाको व्यवस्थापन गर्ने
-
काठमाडौँ महानगरपालिकाले ‘जेन जेड, जेन एल्फा’ विशेष कार्यक्रम सञ्चालन गर्ने
-
नयाँ पार्टी घोषणाको तयारी: धवलशमशेर अध्यक्ष, दुर्गा प्रसाईं सर्वमान्य नेता !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण