दसैँले सुसंस्कृत समाज निर्माणका लागि थप उत्साह मिलोस्ः पूर्वराष्ट्रपति भण्डारी
काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सुसंस्कृत समाज निर्माणका लागि दसैँले थप उत्साह मिल्ने विश्वास व्यक्त गरेकी छन् ।
बडा दसैँ, २०८१ को अवसरमा एक शुभकामना सन्देश दिँदै उनले भनेकी छन्, 'बडा दसैँ पर्वले सम्पूर्ण नेपालीहरू बीचको सामाजिक सांस्कृतिक ऐक्यबद्धतालाई थप सुदृढ गर्दै न्यायपूर्ण‚ समतामूलक‚ सभ्य एवं सुसंस्कृत समाज निर्माणका लागि थप उत्साह, उमङ्गका साथ क्रियाशील रहन प्रेरणा प्रदान गरोस् भन्ने शुभकामना व्यक्त गर्दछु ।'
विविध क्षेत्र र समुदायका दसैँ मनाउने आ–आफ्नै विधि र परम्परा रहेको भएता पनि यो सम्पूर्ण नेपालीहरूको साझा चाड भएको पनि उनको भनाइ छ ।
यद्यपि यस वर्ष दसैँको पूर्वसन्ध्यामा आइपरेको मनसुनजन्य प्राकृतिक विपद्का कारण उत्पन्न परिस्थितिका कारण धेरैलाई यो दसैँ अलि असहज र खल्लो पनि भएको उनले उल्लेख गरेकी छन् । यस्तो अवस्थामा दसैँ पर्वलाई हामीले आ–आफ्नो परिवेश, परिस्थिति र गच्छेअनुसार तडकभडकरहित, मितव्ययी, तर खुसियालीका साथ मनाउनु पर्ने उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘उनीहरू युद्ध गर्न होइन, पढ्न गएका थिए’
-
सत्य निरूपण तथा बेपत्ता छानबिन आयोग गठनको माग गर्दै माइतीघरमा प्रदर्शन (तस्बिरहरू)
-
फिफाद्वारा २०२६ विश्वकपको उत्कृष्ट टोली सार्वजनिक: गोल्डेन ग्लोभ विजेता नै टिममा परेनन्
-
इरान युद्धका लागि अमेरिकी तल्लो सदनबाट ९५ अर्ब डलरको बजेट स्वीकृत
-
आफ्नै एयरलाइन्स कम्पनी खोल्दैछन् भारतीय अर्बपति गौतम अदानी
-
कैलालीमा सङ्गठित तथा आर्थिक अपराधसम्बन्धी घटना धेरै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण