एसपीको घुमुवा भन्दै पैसा असुल्ने लागु औषधसहित पक्राउ
रौतहट । आफूलाई जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपीको घुमुवा सादा पोसाकको प्रहरी बताएर विभिन्न ठाउँमा पैसा उठाउँदै आएका एक जनालाई प्रहरीले लागु औषध सहित पक्राउ गरेका छन्। पक्राउ पर्नेमा परोहा नगरपालिका २ का ३५ वर्षीय सुनिल कुमार बैठा रहेका छन्।
स्थानीय परोहा-२ लालबकैयाका ३५ वर्षीय बैठाले बाटोमा बसी स्थानीय व्यापारीहरूलाई म एसपीको घुमुवा प्रहरी हुँ भनी धाक धम्की दिँदै पैसा असुल्दै छ भने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डीएसपी राजन कार्कीको कमान्डमा गएको प्रहरी टोलीले आइतबार साँझ पक्राउ गरेको थियो।
बैठालाई नियन्त्रणमा चेकजाँच गर्दा उनको साथबाट २२ पोका गाँजा २०० ग्राम, नाइट्रोभेट ट्याब्लेट १० पिस, cocas DX-१ बोटल, मोबाइल थान १, नगद १७ हजार, ९३५रुपैयाँ र प्रदेश २-०३-०१९ प ९५३७ नम्बरको मोटरसाइकल बरामद भएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी दीपक कुमार रायले बताएका छन्।
हाल बैठा इलाका प्रहरी कार्यालय गरुडाको नियन्त्रणमा रहेको र थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जारी गरेको सूचनामा उल्लेख गरिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमती नदीमा डुबेर दुई बालकको मृत्यु
-
विश्वकप नकआउट समीकरण : कसलाई सहज, कसलाई सकस ? (भिडियो)
-
बजेट संशोधन नगरे फेल गर्ने चेनावनी, दबाबमा कोशीका मुख्यमन्त्री
-
संरचनात्मक लाभांश : सामाजिक न्यायको एउटा नयाँ दृष्टि
-
‘होम मिनिस्टर’ टिमको सदस्य हुँ भन्दै प्रहरी कार्यालयमा अनधिकृत पहुँच राख्ने युवक पक्राउ
-
शिव परियारलाई ‘म्युजिक खबर दशक संगीत सम्मान’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण