धौलागिरि हिमालमा ज्यान गुमाएका रुसी आरोहीको शव काठमाडौँ ल्याइयो
काठमाडौँ । धौलागिरि हिमाल आरोहणको क्रममा गत अक्टोबर ५ मा मृत्यु भएका ५ रुसी आरोहीमध्ये एकको शव काठमाडौँ ल्याइएको छ । धौलागिरि आधार शिविरबाट १ जनाको शव काठमाडौँ ल्याइएको हो ।
_LMtIoUxIvi.jpg)
बाँकी चार जनाको हेलिकप्टरमा ल्याइँदै छ । उद्धारकर्ताहरूले आरोहीको शव ७६०० मिटरबाट आधार शिविरसम्म ल्याएका थिए । हेलिकप्टरबाट उनीहरूको शव दुई पटकमा हेलिकप्टरबाट काठमाडौँ ल्याइँदै छ । उनीहरूको शव काठमाडौँ ल्याएर परीक्षणका लागि त्रिवि शिक्षण अस्पतालमा राखिनेछ ।
_IHxxIETDsA.jpg)
एयर अल्टिच्युडको हेलिकप्टरबाट हिमालमा पुगेका सेभेन समित ट्रेकका सञ्चालक मिङ्मा शेर्पासहितको शेर्पाको टोलीले शव उठाएर इटली आधार शिविर झारेका थिए ।
_2GxSFo4vwS.jpg)
आधार शिविरको हाइक्यापमा बास बसेर धौलागिरि आरोहणका लागि गएका उनीहरु सात हजार छ सय मिटरको उचाइबाट यही असोज २१ दिउँसो ११ बजेदेखि सम्पर्कविहीन भएका थिए ।
_hf8DSTdUJ9.jpg)
प्रहरीका अनुसार रसियाका अलेक्जेन्डर दुशेको, ओलेग कुर्गलोभ, भ्लालिमिर चिस्तिकोभ, मिखाइल नोसेन्को र डिमित्री शालिलेभोइको शव २३ गते दिउँसो भेटिएको थियो ।
_viN8tey1lL.jpg)
_eRzC0P5O4k.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उत्तरपश्चिम नाइजेरियामा सशस्त्र समूहको आक्रमण, २० भन्दा बढीको मृत्यु
-
‘हिट एन्ड रन’ घटनाका फरार चालक गाडीसहित पक्राउ
-
पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना
-
कर्णालीमा नेकपाको संसदीय दलदेखि प्रदेश कमिटीसमेत उभियो मुख्यमन्त्री कँडेलविरुद्ध
-
वन्यजन्तुले किसानको बारी उजाड, सरकार हेरेको हेर्यै
-
पाकिस्तानमा फेरि बढ्यो पेट्रोल र डिजेलको मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण