आजबाट बडादसैँ विसर्जन
भक्तपुर । यस वर्षको बडादसैँ आजबाट विसर्जन भएको छ । विजयादशमीको दिन महिषासुर दैत्यको प्रतीकका रूपमा खःमेथ (राँगो)लाई नवदुर्गा मन्दिरबाट लखेट्दै ब्रम्हायनी मन्दिर लगेर बध गरी जम्मा गरिएको रगत आज नवदुर्गा देवगणलाई चढाएर दसैँ विसर्जन गरिएको हो ।
खःमेयको बध गरी ब्रम्हायणीलगायत देवी देवतालाई चढाएर बाँकी रहेको रगत भैलकोचा (माटोको घ्याम्पो) मा जम्मा गरिएको थियो ।
सङ्कलित रगत आज कोजाग्रत पूर्णिमाको दिन सबै नवदुर्गा देवगणलाई चढाएपछि दसैँ विसर्जन गरिएको नवदुर्गा जात्रा व्यवस्थापन समितिका रत्नमान वनमालाले जानकारी दिए।
आश्विन शुक्लपक्ष चतुर्दशी र पूर्णिमा पनि आजै परेकाले मान्यजनबाट आशीर्वादस्वरूप नवदुर्गाको प्रसादका रूपमा यस वर्षको बडादसैँको टीका र जमरा लगाएर दसैँ समापन भएको हो ।
सूर्योदय कालमा चतुर्दशी र मध्यरातमा पूर्णिमा तिथि परेकाले कोजाग्रत पूर्णिमा आजै परेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको थियो । साँझमा पूर्णिमा तिथि पर्दा गरिने पूर्णिमा व्रत भने कात्तिक १ गते बिहीबार परेको समितिका सदस्य एवं वाल्मीकि विद्यापीठ धर्मशास्त्र विभागका प्रमुख प्रा डा देवमणि भट्टराईले राससलाई जानकारी दिए ।
आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म नवदुर्गाको साधना गरिएको प्रसादस्वरूप विजयादशमीका दिनदेखि टीका र जमरा लगाउने क्रम सुरु भएको थियो । मान्यजन टाढा टाढा हुने आफन्त विजयादशमीदेखि आश्विन शुक्ल पूर्णिमासम्म आशीर्वाद थाप्न घर घरमा जाने गर्छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भ्याटमा ३० प्रतिशत अग्रीम कट्टीको व्यवस्था खारेज, निर्माण व्यवसायीको वर्षौँदेखिको माग पूरा
-
‘हुलाक ऐन, २०१९’ संशोधन गर्न माग
-
रित्तिँदै राहदानीको मौज्दात, सरकारभित्रै छैन एकमत
-
अफगानिस्तानमा रहेका बारुती सुरुङ हटाउने घोषणा
-
पूर्वी भारतको पेट्रोकेमिकल प्लान्टमा आगलागी, २० जना घाइते
-
नारायणगढ–मुग्लिन सडकमा पहिरो पन्छाउने उपकरण तयारी अवस्थामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण