‘डान्स च्याम्पियन सिजन २’ को फाइनलमा रोमिया
शनिबार, ०३ कात्तिक २०८१, १३ : २३
काठमाडौँ । डान्सिङ रियालिटी शो ‘डान्स च्याम्पियन सिजन २’को फाइनलमा पुगेकी रोमिया भट्टराई ११ वर्षकी मात्रै भइन् । नृत्यकला तारिफ गर्दै अहिले उनलाई जिताउनका लागि अभियान चलिहरेका छन् ।
कात्तिक १० गते हुने फाइनलमा उनलाई जिताउनका लागि अभियान सञ्चालन गरिएको हो । नुवाकोट तारकेश्वर-४ कि रोमिया शोकै कान्छी प्रतियोगी भएको बताइएको छ ।
नुवाकोट लगायत हेटौँडाका विभिन्न नृत्य प्रतियोगिताहरूमा समेत नाम कमाएकी उनलाई जिताउन इभेन्ट एन्ड भोटिङ प्लेटफर्म एवेन्टोज तथा ग्लोबल पे र इसेवाबाट भोट गर्न सकिन्छ ।
रोमियासँगै फाइनल भिडन्तमा अनिल सुनुवार, बबिता पोखरेल, जिके क्वीन्स, साजन गुरुङ र शुभम सिंह रहेका छन् । उनीहरुका लागि समेत जिताउनका लागि अभियान सञ्चालन भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुनजन्य रोगको रोकथामका लागि ‘प्रतिकार्य अभियान’
-
उपचारका क्रममा प्रहरी जवानको मृत्यु
-
बाँझो जग्गा सदुपयोग गर्न माडीमा ‘भूमि बैंक’ अवधारणा
-
म्याग्दीवासीलाई पोखरामै पुगेर प्रशासनिक सेवा
-
सुदूरपश्चिम सरकारको बजेटबारे सत्ता साझेदार दलमा विवाद कायमै, एमालेलाई मुख्यमन्त्रीको चेतावनी
-
गोरखामा रासायनिक मल आवश्यकताको एकतिहाइ मात्र आपूर्ति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण