रौतहटका थप ५ पालिकालाई बाढी प्रभावित क्षेत्र घोषणा गर्न माग
रौतहट । रौतहटका थप ५ वटा पालिकालाई बाढी प्रभावित क्षेत्र घोषणा गर्नुपर्ने माग गरिएको छ । रौतहटका जनप्रतिनिधिहरूले आइतबार प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाउँदै बाढीले प्रभावित थप ५ पालिकालाई बाढी प्रभावित क्षेत्र घोषणा गर्न माग गरेका हुन् ।
गौर नगरपालिकाको मेयर शम्भु साह, माधवनारायणका मेयर बैजुप्रसाद यादव, इशनाथकी मेयर कौशल्या देवी सिनहा, बौधीमाईका मेयर प्रदीप यादव र यमुनामाई गाउँपालिका अध्यक्ष महम्मद सउदले बागमती, लाल बकैया नदीलगायत नदी खोलामा आएको बाढीले जिल्लाको अधिकांश भूभाग डुबानमा परेर ठुलो क्षति भएको भन्दै राहतको समेत माग गरेका छन् ।
बाढी पश्चात गत असोज २१ गते प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएर पीडित किसान, व्यापारी र स्थानीयको समस्या सम्बोधन गर्नुपर्ने माग गरिएको थिए ।
तर उक्त मागलाई बेवास्ता गरेका कारण बाध्य भएर पाँच पालिकालाई बाढी प्रभावित पालिका घोषणा गर्न दोस्रो पटक ज्ञापनपत्र बुझाइएको गौर नगरपालिका मेयर शम्भु साहले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’देखि प्रधानमन्त्री मौनसम्म
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण