अरिङ्गालको टोकाईबाट घाइते भएका पुरुषकाे मृत्यु
सोमबार, ०५ कात्तिक २०८१, ११ : ३९
बाजुरा । बडीमालिका नगरपालिकामा अरिङ्गालको टोकाइबाट गम्भीर घाइते एक जनाको उपचारका क्रम गएराति मृत्यु भएको छ । असोज २५ गते अरिङ्गालले टोकेर घाइते सोही नगरपालिका–५ मनाका ६० वर्षीय डम्मबहादुर साउदको मृत्यु भएको हो ।
भारतको मुम्बइ सेन्टरस्थित नायर अस्पतालमा उपचारका क्रममा दश दिनपछि साउदको मृत्यु भएको आफन्त नरेन्द्र थापाले बताए । असोज २५ गते घरबाट करिब आधा घण्टाको दूरिमा पर्ने पान्लोटे भन्ने ठाउँमा रहेको भैँसी गोठ (छानो) नजिकै अरिङ्गालले बनाएको घार भत्काउन खोज्दा टोकेर उनी गम्भीर घाइते भएका थिए ।
उपचारका लागि जिल्ला अस्पताल बाजुरा हुँदै प्रादेशिक अस्पतालमा सम्भव नभएपछि उनलाई भारत लगिएको थियो । सोही घटनामा स्थानीय ६५ वर्षीय अङ्गे बडुवालको घटनास्थलमै मृत्यु भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खेल मिलेमतोको आशङ्कामा अनुसन्धान, आइभोरी कोस्टका स्ट्राइकरले पाएनन् क्यानडाको भिसा
-
विश्वविद्यालयको उपकुलपति छनोटमा राजनीतिक गन्ध मिसिएको एमालेको आशंका
-
जुम्लाका किसानलाई अनुदानमा हाते ट्याक्टर
-
ललितपुर महानगरको नीति तथा कार्यक्रम आज
-
हेटौँडामा बक्यौता नतिर्ने उद्योगको विद्युत् आज पनि काटिने
-
रास्वपा केन्द्रीय समितिको अन्तिम बैठक बस्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण