सहकारी ठगी प्रकरण
छविलाल जोशीसँग बयान सुरु
मङ्गलबार, ०६ कात्तिक २०८१, १२ : १५

बुटवल । पूर्वडीआईजी छविलाल जोशीसँग मंगलबार जिल्ला सरकारी कार्यालय रुपन्देहीमा बयान लिइएको छ । सूर्यदर्शन सहकारीसँगै बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा समेत अनुसन्धान गर्नुपर्ने भएकाले जोशीलाई कास्कीबाट सोमबार भैरहवा ल्याइएको थियो ।
जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीमा उनको बयान भएको रुपन्देही एसपी रञ्जित सिंह राठौरले राताेपाटीलाई बताए । उनलाई सरकारी वकिल कार्यालयमा न्यायाधिवक्ता प्रेमराज पाैडेल, इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी विजय राज पण्डित, अनुसन्धान अधिकृत लगायतको उपस्थितिमा बयान लिने काम भएको हो ।
बुटवलको सुप्रिम सहकारीको रकम हिनामिना छविलाल पनि जोडिएपछि कास्की जिल्ला प्रहरीले कार्यालय रुपन्देहीमा अनुसन्धानका लागि पठाएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्लबमा आक्रमणको आरोप, गायक क्रिस ब्राउन हिरासतमा
-
गलत विचारका आधारमा वाम एकता हुन सक्दैन : प्रधानमन्त्री
-
गाजामा इजरायली आक्रमणमा मर्नेको संख्या २५० नाघ्यो
-
प्ले–अफ चरणमा पुग्न आतुर बेंगलुरु र ‘गर या मर’ को स्थितिमा रहेको कोलकाताको भिडन्त
-
आईपीएल : कुन टोलीका विदेशी खेलाडीहरु उपलब्ध छन् ? (सूचीसहित)
-
के छैन नेपालमा !