अरू सात वटा मुद्दामा मुछिए सिन ‘डिडी’ कम्ब्स
वासिङ्टन । अमेरिकी र्यापर सिन ‘डिडी’ कम्बस यौन तस्करी र यौन उत्पीडनसम्बन्धी अरू सात मुद्दामा मुछिएका छन् ।
यी आरोपमा डिडीबाहेक अन्य दुई जनाको नाम पनि मुछिएको छ । उनीविरुद्ध एक वर्षदेखि चलिरहेको आरोपमा अब भने अन्य सेलिब्रिटीको नाम पनि आएको छ । तर उनीहरूको नाम भने पहिचान हुन नसकेको भन्दै सीएनएनले समाचार छापेको छ ।
एउटा मुद्दामा पीडितले सन् २००० मा आफू १३ वर्ष भएको समयमा कम्बसले नाम नखुलाइएका अर्का दुई पुरुष र महिला सेलिब्रिटीसँग मिलेर उनको यौन शोषण गरेका थिए । गएको हप्ता कम्ब्समाथि यो बाहेक अरू ६ वटा मुद्दा दायर भएको थियो । पाँच वटा मुद्दा सोमबार न्यूयोर्कमा हालिएको छ ।
दुई चाँहि न्यू योर्क सुपेरियर कोर्टमा दायर भएको छ । यसमा बलात्कार, यौन हिंसा, यौन उत्पीडन लगायतका मुद्दा छन् । यी मुद्दामा तीन जना वादी महिला छन् भने चार जना पुरुष छन् । कम्बसमाथि कम्तिमा १२० जना पीडितहरूले मुद्दा हालेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मैत्रीपूर्ण खेलमा जर्मनीको जित, अमेरिका २–१ गोल अन्तरले पराजित
-
सिरदली–चौडेनी सडक स्तरोन्नति
-
मैत्रीपूर्ण खेलमा पोर्चुगलद्वारा चिली पराजित
-
बाढीले अवरुद्ध दिक्तेल–चखेवाभञ्ज्याङ सडक सञ्चालनमा
-
फलहरूको राजा आँप: मधुमेहका बिरामीले खान मिल्छ कि मिल्दैन ? यस्ता छन् फाइदा र खानुपर्ने सही तरिका
-
भन्सार छलीका सामान बरामद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण