बेरुतमा इजरायली हवाई आक्रमण: मृत्यु हुनेको सङ्ख्या १३ पुग्यो
मङ्गलबार, ०६ कात्तिक २०८१, १७ : ००
बेरुत । इजरायलले गरेको हवाई आक्रमणमा परेर दक्षिण बेरुतको एक अस्पतालनजिक १३ जनाको मृत्यु भएको छ । लेबनानी स्वास्थ्य मन्त्रालयले यसबारे जानकारी गराएको हो ।
मन्त्रालयका अनुसार मृत्यु हुनेमा एक जना बालक पनि परेका छन् । आक्रमण राफिक हरिरी विश्वविद्यालय अस्पतालको कार पार्कमा भएको अस्पताल सम्बद्ध स्रोतले अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सलाई भनेको थियो ।
यस घटनामा घाइते हुनेको सङ्ख्या ५७ पुगेको बताइएको छ । यीमध्ये ७ जनाको स्थिति निकै गम्भीर रहेको भनिएको छ ।
सोमबार साँझ इजरायलले दक्षिणी बेरुतमा १३ वटा हवाई हमला गरेको थियो । यो हमला यही हमलामध्ये एक भएको बताइएको छ ।
आफूहरूले हिजबुल्लाहसँग सम्बन्धित केन्द्रहरूलाई निशाना बनाइरहेको इजरायली सेनाको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आम्दानीको प्रमुख माध्यम बंगुर र माछापालन
-
विषवृक्ष रोपे फाल्ने रवि–बालेनको चेतावनी, तर पार्टीमा छताछुल्ल गुटबन्दी
-
स्पेनमा तातो लहरपछि भीषण डढेलो, हजारौँ हेक्टर वन क्षेत्र नष्ट
-
धितोपत्र बोर्डका नवनियुक्त अध्यक्षले लिए शपथ, लगानीकर्ताको हितमा काम गर्न अर्थमन्त्रीको निर्देशन
-
कृषिलाई सम्मानित र लाभदायी पेसा बनाएर युवाहरूलाई आकर्षित गर्नुपर्छ: आङदेम्बे
-
सारिका घिमिरेदेखि थानेश्वर गौतमसम्मले जिते अवार्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण