काठमाडौँमा साहित्यिक विश्व सम्मेलन हुँदै
काठमाडौँ । विश्व नेपाली साहित्य महासङ्घले कार्तिक १० र ११ गते काठमाडौँमा साहित्यिक विश्व सम्मेलनको आयोजना गर्ने भएको छ ।
महासङ्घले शुक्रबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै ‘नेपाली साहित्यको विश्वव्यापीकरण, हाम्रो अभियान’ भन्ने मूल नाराका साथ साहित्यिक विश्व सम्मेलनको आयोजना गर्न लागेको जनाएको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने सम्मेलनमा विश्वका विभिन्न देशका साहित्यिक व्यक्तिहरूको सहभागिता रहने महासंघका अध्यक्ष सुरेन्द्र लिम्बू परदेशीले जानकारी दिए ।
सम्मेलनका क्रममा वर्षको उत्कृष्ट कविता तर्फ प्रथम किशन पौडेललाई रु १५ हजार र प्रमाणपत्र, द्वितीय हुने समीप बैरागीलाई रु १० हजार र प्रमाणपत्र र तेस्रो हुने भारती न्यौपानेलाई रु ५ हजार र प्रमाणपत्र सहित सम्मान गरिएको उनले बताए ।
त्यस्तै नेपालसहित विभिन्न देशका ८ स्रष्टालाई साहित्यदूत सम्मान गरिने आयोजकले जनाएको छ । सम्मेलनका क्रममा समसामयिक साहित्यबारे छलफल हुनाका साथै महत्त्वपूर्ण कार्यपत्र प्रस्तुत गरिने तथा केही कृति विमोचन गरिने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घोडेपानी–पुनहिलमा पर्यटकीय पूर्वाधार विस्तार
-
बर्डफ्लु सङ्क्रमणः काभ्रेमा ४० हजार हाँस–कुखुरा नष्ट
-
एक हजार ५९२ सवारीसाधन कारबाहीमा, बीस लाख २४ हजार राजस्व सङ्कलन
-
निर्धारित समयमा बराबरीपछि नेदरल्यान्ड्स र मोरक्कोबिचकाे खेल अतिरिक्त समयमा
-
इन्जुरी समयमा मोरक्कोको पुनरागमन, खेल १–१ को बराबरीमा
-
रौतहट प्रहरीद्वारा एकैदिनमा १० जना फरार प्रतिवादी पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण