ललितपुर र भक्तपुरमा सीडीओ फेरिए, अन्य कुन जिल्लामा को ?
काठमाडौँ । सरकारले ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारी (सीडीओ) फेरेको छ । गृह मन्त्रालय शुक्रबार ललितपुर र भक्तपुरलगायत अन्य जिल्लाका पनि सीडीओ फेरेको हो ।
मन्त्रालयले ललितपुरको सीडीओमा रमेश ढकालको सरुवा गरेको छ । यस्तै भक्तपुरको सीडीओमा गोपाल अर्यालको सरुवा भएको छ । तुलसी प्रसाद श्रेष्ठ गृह मन्त्रालयमा तानिएका छन् ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण प्राधिकरणका वासुवेद घिमिरेलाई रुपन्देहीको सीडीओमा सरुवा गरिएको गृह मन्त्रालयले जनाएको छ । यस्तै गणेश अर्याल पर्सा, लाल बहादुर कवारी महोत्तरी, शशीधर घिमिरे बारा, तोयानारायण सुवेदी पाल्पा, शिवराम गेलाल दोलखाको सीडीओमा सरुवा भएको छ ।
यस्तै टुकराज पोखरेलको धनकुटा, पुण्य विक्रम पौडेलको गोरखा, श्याम कृष्ण थापाको तनहुँ, जनार्दन गौतमको गुल्भी, भोला दाहालको सप्तरी, दीर्घराज उपाध्यायको बैतडी, मेख बहादुर मग्रातीको जाजरकोट, नेत्र प्रसाद शर्माको ताप्लेजुङ, विनादे खड्काको संखुवासभा र मोहनराज जोशीको डोटी सरुवा भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चुनावी परिणामलाई लिएर हार मानेको छैन: कुलमान
-
जीवन आफैँमा एक निरन्तर अभ्यास हो : दयाहाङ राई
-
लिङ्ग परिवर्तनको शल्यक्रियापछि अनायाले पोखिन् पीडा
-
आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने
-
इरानले सुरुङमा विस्फोटक धराप बिछ्याएपछि अमेरिकी योजना रोकिएको खुलासा
-
रास्वपाको बागमती अधिवेशनः विद्युतीय मेसिनबाट मतदानको तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण