‘छक्कापञ्जा ५’ को नयाँ गीत ‘यो माया बनाउने को हो’ सार्वजनिक
शुक्रबार, ०९ कात्तिक २०८१, १९ : ३३
काठमाडौँ । प्रदर्शनरत फिल्म ‘छक्कापञ्जा ५’ को नयाँ गीत ‘यो माया बनाउने को हो’ सार्वजनिक गरिएको छ । फिल्मले प्रदर्शनको तेस्रो साता प्रवेश गरेको अवसर पारेर यो रोमान्टिक गीत सार्वजनिक गरिएको छ ।
शम्भुजीत बास्कोटाको संगीतमा तयार भएको गीतमा कृष्णहरि बरालका शब्द, निशान भट्टराई र अस्मिता अधिकारीको स्वर छ ।
गीतको भिडियोमा दीपकराज गिरी र वर्षा सिवाकोटीको अभिनय छ । फिल्मभित्र यी दुई पात्रको सम्बन्ध स्थापनाको कथावस्तुमा यो गीतको प्रयोग भएको छ ।
दीपाश्री निरौला निर्देशित फिल्ममा दीपक र वर्षाको अलवा केदार घिमिरे, राजाराम पौडेल, रमेश बुढाथोकी लगायतको अभिनय छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कस्तो रहला तपाईँको यो साता ? हेर्नुहोस् साप्ताहिक राशिफल
-
मैत्रीपूर्ण खेलमा जर्मनीको जित, अमेरिका २–१ गोल अन्तरले पराजित
-
सिरदली–चौडेनी सडक स्तरोन्नति
-
मैत्रीपूर्ण खेलमा पोर्चुगलद्वारा चिली पराजित
-
बाढीले अवरुद्ध दिक्तेल–चखेवाभञ्ज्याङ सडक सञ्चालनमा
-
फलहरूको राजा आँप: मधुमेहका बिरामीले खान मिल्छ कि मिल्दैन ? यस्ता छन् फाइदा र खानुपर्ने सही तरिका
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण