चन्दा उठाएको पैसा हिनामिना गरेको विवादमा जय प्रकाश यादवको हत्या
काठमाडौँ । चन्दा बापत उठाएको रकम हिनामिना गरेको आरोपमा कपिलवस्तुमा नेकपा माओवादी (महाविर समूह)का एकजनाको हत्या भएको छ । कपिलवस्तु नगरपालिका वडा नम्बर–१० तेनुवा घर भएका जय प्रसाद यादव ‘दिनेश’लाई सो समूहका अगुवाहरूले हत्या गरेका हुन् ।
कार्तिक ४ मा विजयनगर गाउँपालिका–२ स्थित चिरईखोलाको किनारमा उनको शव भेटिएको थियो । हत्यापछि कम्मर माथिको भाग बलुवाले पुरेको अवस्थामा शव भेटिएको कपिलवस्तुका एसपी निरञ्जनदत्त भट्टले रातोपाटीलाई बताए ।
हत्यामा संलग्न आरोपमा प्रहरीले सो समूहका कपिलवस्तु जिल्ला सेक्रेटरी रमेश श्रेष्ठ र महिला विभाग प्रमुख मनकला थारुलाई पक्राउ गरेको छ । नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीबाट छुट्टिएका ४७ वर्षीय रमेश श्रेष्ठ ओखलढुंगाको चिशंखुगढी गाउँपालिका–५ का स्थानीय हुन् । ४६ वर्षीया मनकला कपिलवस्तु वाणगंगा नगरपालिका–२ की स्थानीय हुन् । आरोपीहरुविरुद्ध ज्यानसम्बन्धी कसुरमा अदालतबाट ७ दिनको म्याद लिएर अनुसन्धान भइरहेको एसपी भट्टले जानकारी दिए ।
नेकपा माओवादी (महाविर समूह)मा परिवर्तन भनेर चिनिएका जय प्रकाश यादव विजयनगर गाउँपालिको इन्चार्ज थिए । सो क्षेत्रमा उठाएको चन्दा रकम हिनामिना गरेको आरोपमा खोला किनारमा लगेर ८–१० जनाको समूहले उनको हत्या गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ । हत्यामा संलग्न अन्य आरोपीबारे अनुसन्धान भइरहेको एसपी भट्टले बताए । हत्यापछि उनीहरुले जय प्रकाशको कम्मरमाथिको भाग बलुवाले पुरेर भागेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनको मूल्य सामान्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
-
विनास्रोत बजेटमा छिरे ५ अर्ब लागतका ९१ योजना, बल्ल स्रोत सहमति खोजिँदै (हेर्नुहोस् सूची)
-
सरकार प्रेस स्वतन्त्रता सङ्कुचन गर्नेतर्फ छैन : सञ्चारमन्त्री
-
किसान सूचीकरण तीव्र, २६ लाख ४५ हजार किसान प्रणालीमा आबद्ध
-
कलाकारलाई प्रविधिमा पोख्त हुन सुझाव
-
परीक्षा दिएर फर्किरहेका विद्यार्थीसहितको डुङ्गा डुब्दा कङ्गोमा कम्तीमा २० जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण