राप्ती सोनारी रनको उपाधि आयुस र अनिशालाई

नेपालगन्ज । दसौँ धारा नेपालगन्ज म्याराथनको प्रवर्द्धन गर्ने उद्देश्यले शनिबार आयोजना गरिएको राप्तीसोनारी ५ किमी रनको उपाधि आयुस केसी र अनिशा थारुले जितेका छन् । निर्धारित दुरी आयुसले १९ मिनेट २३ सेकेन्डमा पुरा गरे भने अनिशाले २५ः२१ः०५ मिनेटमा पुरा गरिन् ।
नेपालगन्ज म्याराथनको एक दशक यात्रा पुरा गरेको अवसरमा राप्तीसोनारी गाउँपालिका वडा नं २ बिनौनामा सञ्चालन गरिएको दौडमा छात्रतर्फ करण नेपाली १९ः४८ः०६ मिनेटका साथ दोस्रो र मनोज थारु २१ः२१ः०९ मिनेटका साथ तेस्रो भए । त्यसैगरी छात्रातर्फ सुमित्रा रानाले २८ः३९ः०२ मिनेटसहित दोस्रो र सन्तोषी थारु ३८ः५०ः०६ मिनेटसहित तेस्रो भए ।
विजेता खेलाडीलाई राप्तीसोनारी गाउँपालिका प्रमुख तप्त पौडेल, राप्तीसोनारी गाउँपालिका खेलकुद विकास समिति संयोजक तेजबहादुर सुवेदी, रेस डाइरेक्टर चन्द्र गुरुङ, अन्तर्राष्ट्रिय धावक तीर्थ ओली, नेपालगन्ज म्याराथन संस्थापक टीएस ठकुरीले पुरस्कार वितरण गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्राविधिक समस्याका कारण झ्यापझ्याप बत्ती गएको हो, लोडसेडिङ भएको होइन : कार्यकारी निर्देशक शाक्य
-
लुम्बिनी प्रदेश सभाको बैठक सुरु, आर्थिक विधेयकमाथि सैद्धान्तिक छलफल प्रस्ताव
-
रविविरुद्ध उजुरी नदिएको भन्दै एकपछि अर्को गर्दै बोल्न थाले बचतकर्ता
-
राष्ट्र बैंकको सिको गर्दै बीमा प्राधिकरण
-
बेलायतमा शरण खोज्ने आप्रवासीको सङ्ख्यामा वृद्धि
-
इजलासमा लैजानुअघि सर्वोच्च परिसरमा मिश्रको हतकडी खोलियो