इजरायली र चरमपन्थी आक्रमणमा सुरक्षाकर्मीको मृत्युबारे इरानी राष्ट्रपतिले के भने ?
तेहरान । इरानी राष्ट्रपति मसुद पेजेस्कियानले पाकिस्तानसँग सीमा जोडिएको क्षेत्र तफ्तानमा भएको चरमपन्थी हमला र इजरायली आक्रमणमा मारिएका सुरक्षाकर्मीप्रति दुःख व्यक्त गरेका छन् । पेजेस्कियानले शनिवार राति सामाजिक सञ्जाल ‘एक्स’ मा एक पोस्टमा लेखेका छन्, ‘इरानका बालबालिकाले मातृभूमिको रक्षार्थ आफ्नो ज्यान गुमाएका छन् । म ती बहादुर सैनिक र पुलिसकर्मीहरूको शहादतमा आफ्नो समवेदना व्यक्त गर्दछु ।’
इरानका शत्रुहरूलाई यी मानिसहरू आफ्नो मातृभूमिको सुरक्षार्थ बहादुरीको साथमा उभिरहेका छन् भन्ने थाहा हुनुपर्छ भनेर इरानी राष्ट्रपतिले पोस्टमा लेखेका छन् । इरानमाथि इजरायलको आक्रमणमा चार सुरक्षाकर्मीको मृत्यु भएको छ । उता, इरानको तफ्तानमा प्रहरी गस्ती दलमाथि भएको हमलामा १० प्रहरीको मृत्यु भएको थियो । तफ्तान क्षेत्र पाकिस्तानको सिमाना नजिक छ ।
चरमपन्थी सङ्गठन जैश–अल–अदलले यस हमलाको जिम्मेवारी लिएको छ । जैश–अल–अदलले आफ्नो टेलिग्राम च्यानलमा आक्रमणको जिम्मेवारी लिएको छ । ‘तफ्तान शहरको गोहरकोहको फर्जा जबर बलको गस्ती इकाईलाई निशाना बनाइएको थियो’ समूहले पोस्टमा भनेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज कालीमाटीमा कुन तरकारी र फलफूलको कति छ थोक मूल्य ? (सूचीसहित)
-
अस्ट्रेलियासँग पराजित हुँदै भारतीय महिला टोली टी–२० विश्वकपबाट बाहिरियो
-
षड्यन्त्र वा संयोग ? अल्जेरिया र अस्ट्रियाद्वारा ‘अप्रत्याशित’ बराबरीको बचाउ
-
भारतलाई स्तब्ध पार्दै आयरल्यान्डले रच्यो इतिहास
-
‘प्रथम महाधिवेशन कोशेढुंगाका रूपमा साबित हुन्छ’
-
म्याग्दीको ऐतिहासिक भंकासे : जहाँबाट देखिन्छन् ३५ गाविसको भूगोल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण