अनुमति विना काठमाडौँ आएको एयर एसियालाई कारबाही
आइतबार, ११ कात्तिक २०८१, १६ : ४९
काठमाडौँ । उडान अनुमति विना बैंककबाट काठमाडौँ आएको एयर एसियालाई नेपाल नागरिक उड्डयन प्राधिकरणले कारबाही गरेको छ ।
प्राधिकरणले अर्को निर्णय नभएसम्मका लागि एयर एसियाको नियमित उडानमा रोक लगाएको हो । प्राधिकरणले एयर एसियाको लोकल एजेन्ट युनिभर्सल टुर्स एण्ड ट्राभल्सलाई पनि कारबाही गरेर तत्काल टिकट काट्न रोक लगाएको छ ।
प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार आजबाट ‘विन्टर सेड्युल’ सुरु भएको छ । तर एयर एसियाको काठमाडौँ उडान अनुमति शनिबारसम्मका लागि मात्रै थियो ।
अनुमति विना काठमाडौँ नजिक आएपछि विमानलाई ३७ मिनेट आकाशमा होल्ड गरिएको थियो । त्यसपछि यात्रुको सुरक्षालाई ख्याल गर्दै अवतरण गर्ने अनुमति दिइएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्रीको गल्तीमा परराष्ट्रमन्त्रीको प्रष्टीकरण बुझ्दो भएन भन्दै कांग्रेस सांसदले सुनाइन कविता
-
क्यानडामा १६ वर्षमुनिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध प्रस्ताव
-
भक्तपुर अस्पतालले सुरु गर्दै ‘रोबोटिक’ शल्यक्रिया
-
प्रतिनिधिसभामा बजेटमाथि छलफल सुरु
-
रास्वपा गण्डकीको सभापतिमा ४ जना आकाङ्क्षी
-
चार दिनको भीषण वर्षाले विश्वकै ७ प्रतिशत दुर्लभ ओराङउटान मारिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण