रास्वपाले मंगलबार बालुवाटारमा वृहत् प्रदर्शन गर्ने
आइतबार, ११ कात्तिक २०८१, १९ : ०७
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले मंगलबार बालुवाटारमा वृहत् प्रदर्शन गर्ने भएको छ । रास्वपाले मंगलबार दिउँसो १२ बजे बालुवाटारमा वृहत् प्रदर्शन गर्ने जानकारी दिएको हो ।
सभापति रवि लामिछानेलाई सहकारी ठगी र संगठित अपराध कसुरमा प्रहरीले कात्तिक २ गते पक्राउ गरेपछि रास्वपाले प्रदर्शन गर्दै आएको छ ।
अधिनायकवादी दुई तिहाइ सरकारको राजनीतिक प्रतिशोध र दम्भको स्रोत खोज्न मंगलबार बालुवाटारमा प्रदर्शन गरिने रास्वपा नेता मनिष झाले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
८औँ नेशनल म्युजिक अवार्ड असार २६ गते आयाेजना हुँदै
-
मदन भण्डारी विश्वविद्यालयलाई २१ करोड बजेट विनियोजन
-
'अपरेसन ईलिगल एजेन्ट क्लिन-अप' र स्थानीय तहबाटै श्रम स्वीकृति सहजीकरण
-
सवारी दुर्घटनाबाट हुने क्षति कम गर्न चुनौती
-
पश्चिम एसिया सङ्कटले अरब मुलुकलाई १९४ अर्ब डलरसम्मको आर्थिक क्षति हुनसक्ने राष्ट्रसङ्घको चेतावनी
-
९७ प्रतिशत बालबालिकालाई दादुराविरूद्धको खोप
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण