तिनाउ डाइभर्सनविरुद्धको रिट सर्वोच्चले गर्यो खारेज
आइतबार, ११ कात्तिक २०८१, २० : ५३
काठमाडौँ । सर्वोच्च अदालतले बहुचर्चित कालीगण्डकी–तिनाउ डाइभर्सन बहुउद्देश्यीय आयोजनाविरुद्धको रिट खारेज गर्ने फैसला सुनाएको छ ।
रिट खारेज भएसँगै यो आयोजना अघि बढाउने बाटो खुलेको छ । आइतबार सर्वोच्चले रिट खारेज गर्दै केही विषयमा निर्देशनात्मक आदेश जारी गरेको हो ।
आयोजनाविरुद्ध २०७८ असारमा सर्वोच्चमा मुद्दा दायर भएको थियो । यो विवादमा सर्वोच्चमा पाँच थान रिट दर्ता भएका थिए ।
सर्वोच्चका न्यायाधीश डा. कुमार चुँडाल र विनोद शर्माको इजलासले आइतबार आयोजनाविरुद्ध परेको रिट खारेज गरेको हो । निर्देशनात्मक आदेशबारे लिखित फैसला आएपछि मात्र भन्न सकिन्न सर्वोच्चले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सलमान खानले छाड्न लागेका हुन् ग्यालेक्सी अपार्टमेन्ट ?
-
रास्वपामा बालबालिकाको प्रयोग : पार्टी मौन, मानवअधिकार आयोग बेखबर
-
पूर्वशेफद्वारा काइली जेनरमाथि गम्भीर आरोप
-
सर्लाहीका निलम्बित मेयर भरत थापालाई साधारण तारेखमा राख्न आदेश
-
गृहमन्त्रीपछि उद्योगमन्त्रीको गाडीको कालो सिसा हटाइयो
-
बारम्बार टन्सिल हुनुलाई सामान्य नठानौँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण