पाल्पामा दुईवटा ट्रक ठोक्किँदा एक जनाको मृत्यु, एक जना घाइते
मङ्गलबार, १३ कात्तिक २०८१, ०९ : ३७

बुटवल । पाल्पास्थित सिद्धार्थ राजमार्गमा सोमबार राति दुईवटा ट्रक एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
बुटवलबाट पोखरा जाँदै गरेको लु १ ख ९३५१ नम्बरको ट्रकले ना १ क ७१२१ नम्बरको ट्रकलाई पछाडिबाट ठक्कर दिँदा चालकको मृत्यु भएको हो ।
मृत्यु हुनेमा लु १ ख ९३५१ नम्बरको ट्रक चालक पाल्पाको रम्भा गाउँपालिका-३ बस्ने २३ वर्षीय भुवन सिंह राना रहेका छन् । उनको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका डीएसपी सुनिल मल्लले बताए ।
घटनामा ना १ क ७१२९ नम्बरका ट्रकका सहचालक स्याङ्जाको वालिङ नगरपालिका-१० बस्ने २१ वर्षीय सज्जित खवास थापा घाइते भएका छन् । ब्रेक फेल भएर दुर्घटना भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ३ जनाको मृत्यु
-
चोरीसम्बन्धी कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
-
अमेरिका र क्रोएसिया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा २ जना पक्राउ
-
अझै भेटिएन बोलेरो गाडी, बोरिङकै कारण जमिन भासिएको भूगर्भ विभागको निष्कर्ष
-
सूर्यविनायकमा मेलम्चीको पानी वितरण
-
१ सय दिनभित्र नतिजा प्रकाशन गर्नुपर्नेमा ४ सय दिनसम्म लगाउँछ त्रिवि