पूर्वाधार निर्माणमा ढिलासुस्ती गर्न दिइँदैन : मुख्यमन्त्री आचार्य

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पूर्वाधार निर्माणमा हुने ढिलासुस्तीलाई सरकारले नसहने बताएका छन् । निर्माणको जिम्मा लिने तर समयमा काम सम्पन्न नगर्ने प्रवृत्तिलाई अन्त्य गर्ने योजना सरकारले बनाएको जानकारी दिदै ढिलासुस्तीलाई नसहने उनले स्पष्ट पारे ।
दाङको धार्मिक पर्यटकीय स्थल बाह्रकुने दहमा आज आयोजना गरिएको छलफल कार्यक्रममा मुख्यमन्त्री आचार्यले पूर्वाधार निर्माणमा हुने ढिलासुस्तीलाई सरकारले नसहने, अटेरी गर्ने निर्माण व्यवसायीलाई कालोसूचीमा राखेर कारबाही गरिने समेत चेतावनी दिए । बाह्रकुने दह क्षेत्रमा बहुउद्देश्यीय पार्क निर्माणको योजना अघि बढे पनि त्यो कामले गति नलिएको बारे स्थलगत अनुगमनका लागि मुख्यमन्त्री आचार्य पुगेका थिए।
उनले निर्माण व्यवसायीको आफ्नो इज्जत र प्रतिष्ठा बचाउनको निमित्त पनि समयमा सम्पन्न गर्नुपर्ने बताए । यो बहुउद्देश्यीय पार्कमा प्रदेशको उद्योग, पर्यटन तथा यातायात मन्त्रालय अन्तरगत पर्यटन डिभिजन कार्यालयबाट ६ करोड ६ लाखमा निर्माण अघि बढेको हो । नागार्जुन/शिव निर्मल जेभी सल्यानले जिम्मेवारी पाएको थियो ।
बहुउदेश्यीय पार्क अन्तरगत दहको मूल गेट, ड्याम, लगायतका पूर्वाधार निर्माणको काम गर्नेगरी सम्झौता गरिएको थियो । तर, निर्माण व्यवसायीले प्रभावकारी रुपमा काम अघि बढाउन नसकेको गुनासो आयपछि मुख्यमन्त्री र विभागीय मन्त्रीले यस बारेमा चासो दिएका हुन् ।
सो अवसरमा पर्यटन तथा यातायात व्यवस्था मन्त्री प्रचण्ड विक्रम न्यौपानेले पर्यटकीय क्षेत्रलाई पूर्वाधारमा सम्पन्न बनाउने गरी सरकारले योजना अघि बढाएको बताए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जलवायु परिवर्तनबारे सामूहिक आवाज उठाउनुपर्छ – मन्त्री राणा
-
गृहमन्त्री रमेश लेखकलाई प्रश्न, ‘जीबी राई कहिले पक्राउ पर्छन् ?’
-
मन्त्रिपरिषद् बैठक सुरू,के गर्ला निर्णय ?
-
दोस्रो पटक म्याद थप्दा पनि टुङ्गिएन कांग्रेसको क्रियाशील सदस्यता नवीकरण
-
सर्वसाधारणलाई बोलाएर गरियो ‘के घर के डेरा : घर नम्बर २’ को प्रिमियर, तस्बिरहरू
-
मतदाता नामावली : १९ हजारभन्दा बढी मतदाता थपिँदा अन्यमा घट्यो