इजरायली आक्रमणमा ६० जनाको मृत्यु : लेबनान
बेरुत । इजरायली सेनाले लेबनानको पूर्वी बेक्का उपत्यकामा गरेको आक्रमणमा परेर कम्तीमा ६० जनाको मृत्यु भएको छ ।
मर्नेमा २ जना बालबालिका पनि भएको लेबनानको स्वास्थ्य मन्त्रालयले बताएको छ । इजरायलले सो आक्रमणमा बालबेक क्षेत्रका १२ स्थानमा निशाना बनाएको अधिकारीहरूले बताएका छन् ।
यस क्रममा अरू ५८ जना घाइते भएको मन्त्रालयको भनाई छ । उद्धार कार्य जारी रहेको भन्दै बीबीसीले समाचार छापेको छ । बालबेक क्षेत्र हिजबुल्लाहको बलियो गढ मानिन्छ । यस विषयमा इजरायली सेनाले अहिलेसम्म कुनै टिप्पणी गरेको छैन ।
गएको पाँच हप्ता यता इजरायलले हिजबुल्लाहको सञ्चालन, पूर्वाधार र हतियारमा लक्षित बनाएको भन्दै लेबनानभरि हजारौँ हवाई आक्रमण गरिसकेको छ । पछिल्लो आक्रमणलाई बालबेकका गभर्नर बाची खोद्रले गएको महिना इजरायलले हिजबुल्लाहविरुद्ध युद्ध चर्काएयताको सो क्षेत्रमा गरेको सबैभन्दा विध्वंसक आक्रमण भनेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आम्दानीको प्रमुख माध्यम बंगुर र माछापालन
-
विषवृक्ष रोपे फाल्ने रवि–बालेनको चेतावनी, तर पार्टीमा छताछुल्ल गुटबन्दी
-
स्पेनमा तातो लहरपछि भीषण डढेलो, हजारौँ हेक्टर वन क्षेत्र नष्ट
-
धितोपत्र बोर्डका नवनियुक्त अध्यक्षले लिए शपथ, लगानीकर्ताको हितमा काम गर्न अर्थमन्त्रीको निर्देशन
-
कृषिलाई सम्मानित र लाभदायी पेसा बनाएर युवाहरूलाई आकर्षित गर्नुपर्छ: आङदेम्बे
-
सारिका घिमिरेदेखि थानेश्वर गौतमसम्मले जिते अवार्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण