विराटनगरले भित्र्यायो न्युजिल्याण्डका प्रभावशाली खेलाडी गप्टिल
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्लब विराटनगर किंग्सले विदेशी खेलाडीका रूपमा न्युजिल्याण्डका प्रभावशाली खेलाडी मार्टिन गप्टिललाई अनुबन्ध गरेको छ । ३८ वर्षीय खेलाडी अन्तर्राष्ट्रिय क्रिकेटमा विस्फोटक ब्याटरका रूपमा चिनिन्छन् । उनी प्राय ओपनिङ गर्छन् ।
न्युजिल्याण्डका लागि तीनै फर्म्याटको प्रतियोगिता खेलेका गुप्टिलले टी–२० अन्तर्राष्ट्रियमा न्युजिल्याण्डका लागि १ सय २२ खेल खेल्दै ३ हजार ५३१ रन बनाएका छन् । यसमा २ शतक र २० अर्धशतक सामेल छ । उनको उच्च स्कोर १ सय ५ रन हो ।
त्यस्तै, एकदिवसीयमा उनले १ सय ९८ खेलमा ७ हजार ३४६ रन बनाएका छन् । उनले १८ शतक र ३९ अर्धशतक हिर्काएका छन् । उनको उच्च स्कोर २ सय ३७ रन (नटआउट) रहेको छ ।
यता, टेस्टमा उनले ४७ खेलमा २ हजार ५८६ रन बनाएका छन् । जसमा ३ शतक र १७ अर्धशतक रहेका छन् । उनले यस फर्म्याटमा १ सय ८९ रनको उच्च स्कोर बनाएका छन् ।
उनले आईपीएलमा किंग्ल्स इलेभेन पञ्जाब, मुम्बई इन्डियन्स र सनराइजर्स हैदराबदबाट खेलेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चुनावी परिणामलाई लिएर हार मानेको छैन: कुलमान
-
जीवन आफैँमा एक निरन्तर अभ्यास हो : दयाहाङ राई
-
लिङ्ग परिवर्तनको शल्यक्रियापछि अनायाले पोखिन् पीडा
-
आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने
-
इरानले सुरुङमा विस्फोटक धराप बिछ्याएपछि अमेरिकी योजना रोकिएको खुलासा
-
रास्वपाको बागमती अधिवेशनः विद्युतीय मेसिनबाट मतदानको तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण