कलाकार र सञ्चारकर्मीसँग देउसीमा छमछमी नाचे प्रचण्ड
काठमाडौँ । पूर्वप्रधानमन्त्रीसमेत रहेका नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कलाकार र सञ्चारकर्मीसँग देउसीमा छमछमी नाचेका छन् । राष्ट्रिय लोक सञ्चारकर्मी नेपालले लक्ष्मीपूजाको दिन प्रचण्ड निवासमै पुगेर देउसी भैलो कार्यक्रमको आयोजना गरेको थियो ।

बिहीबार दिउँसो कलाकारहरूले प्रचण्डलाई सम्बोधन गर्दै देउसी भट्याएका थिए । कलाकार मन्जु पौडेल, राधिका हमाल, आयुषा गौतम लगायतसँग प्रचण्ड केहिबेर नाचे ।
देउसी खेलेसँगै प्रचण्डले आफू शान्ति सम्झौतामा आएदेखि नै कला संस्कृतिलाई पहिलेदेखि नै जोगाउँदै आएको र जोगाउनुपर्ने आवाज उठाउँदै आएको बताए ।

उनले सम्पूर्ण कलाकार सञ्चारकर्मीदेखि सबैले नेपालको कला संस्कृतिलाई यसरी नै जोगाउनुपर्ने धारणा राखे ।
राष्ट्रिय लोकसञ्चारकर्मी नेपालका प्रचारप्रसार विभाग प्रमुख गोपीकृष्ण चापागाईंले अन्य थुप्रै नेता तथा कलाकारको घरमा पनि देउसीको कार्यक्रम आयोजना गरिएको बताए ।
संस्थाका निवर्तमान अध्यक्ष हरि बल्लभ नेपालले वि.स. २०६५ सालदेखि नै लोक सञ्चारकर्मी नेपालले मौलिक कला संस्कृतिका विषयमा यसरी नै आवाज उठाउँदै आएको बताए ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मैत्रीपूर्ण खेलमा जर्मनीको जित, अमेरिका २–१ गोल अन्तरले पराजित
-
सिरदली–चौडेनी सडक स्तरोन्नति
-
मैत्रीपूर्ण खेलमा पोर्चुगलद्वारा चिली पराजित
-
बाढीले अवरुद्ध दिक्तेल–चखेवाभञ्ज्याङ सडक सञ्चालनमा
-
फलहरूको राजा आँप: मधुमेहका बिरामीले खान मिल्छ कि मिल्दैन ? यस्ता छन् फाइदा र खानुपर्ने सही तरिका
-
भन्सार छलीका सामान बरामद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण