सुलोचना मानन्धरका तीन कविता
१) बाटो
शून्य ठाउँमा
एउटा बाटो बनाएँ
बाटो न हो,
त्यसलाई कुल्चेँ
हिँडेँ
गन्तव्यमा
म पुगेँ कि पुगिनँ
कुन्नि
म आफैँ नै बाटो भइसकेको पाएँ ।
२) रहस्यमय रात
ज्ञान जन्म्यो, रातको गर्भबाट
रातकै गर्भबाट जन्म्यो उज्यालो
यो रहस्यमय रात
लामो अन्धकारमा तन्केर
फेरि
के जन्माउन खोज्दै छ
अझै ?
३) माटो
माटो झूट बोल्दैन
गुपचाप रहनु उसको स्वभाव हो
तर यसको अर्थ यो होइन,
कि ऊ बोल्नै सक्दैन ।
जब बोल्छ, ऊ सत्य बोल्छ
स्रष्टा हो ऊ, आफ्नै सिर्जना भएर बोल्छ
सबैको पालनकर्ता
आफ्नै गर्भभित्रको संसार भएर बोल्छ ।
उसको छाती खनेर
आफ्नो छातीमा तक्मा भिर्न
लोभीपापी जब लुछाचुँडी गर्छन्,
उसको सिर्जना आफ्नो भन्न
जब तँछाड–मछाड गर्छन्, झगडा गर्छन्
माटो समभावमै रहरे
उत्तिकै प्रेम र उही सुगन्ध बाँडिरहन्छ
सिर्जना भएर मुस्कुराइन्छ
प्रेमको भाषा सिकाइरहन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फिफाको आचारसंहिता अन्तिम समयमा फेरबदल : रङ्गशालाभित्र पानीका बोतल लैजान नपाइने
-
युद्धबिच राष्ट्रिय एकताको आह्वान गर्दै इरानका सर्वाेच्च नेताको सन्देश
-
रवि लामिछानेका सामु भारतीय प्रधानमन्त्री मोदीले दोहोर्याए १२ वर्ष पुरानो कुरा
-
फिल्म अभिनयमा डेब्यु गर्दै गायक पशुपति शर्मा
-
टिकटकर तुलसा अधिकारीको थुनछेक बहस सकियो
-
भिसाको अन्योलबिच विश्वकपका लागि मेक्सिको प्रस्थान गर्दै इरानी टोली
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण