के हो अञ्जीर खाने सही तरिका ?
काठमाडौँ । हिजोआज हामीमध्ये धेरै जना स्वस्थ रहन आफ्नो आहारमा सकेसम्म धेरै भिटामिन र खनिज समावेश गर्ने प्रयास गर्छाैं । तर आफ्नो आहारमा सबै पोषक तत्त्व समावेश गर्न कतै न कतै हामी छुट्छौँ ।
त्यसैले आफ्नो थालमा स्वास्थ्य खजानाले भरिपूर्ण कयौँ खानेकुरा समावेश गर्नु आवश्यक छ । ड्राई फ्रुट्सको बारेमा त तपाई हामीलाई थाहै छ । सबै प्रकारका ड्राई फ्रुटका आ–आफ्नै फाइदा छन् ।
अञ्जीर खासगरी वर्षात्को मौसममा पाइन्छ । तर बजारमा सुकेको अञ्जीर जतिबेला पनि किन्न पाइन्छ । यस्ता अञ्जीर त्यत्तिकै खानुभन्दा भिजाएर खानुका लाभ धेरै छन् । भिजाइएको अञ्जीर स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ । भिजाउँदा यसमा पाइने भिटामिन र मिनरल्सले पाचन प्रणालीमा राम्रोसँग काम गर्ने भएकोले पनि अञ्जीरलाई धेरैले भिजाएर मात्रै खान्छन् ।
अञ्जीर पोटासियमको धेरै राम्रो स्रोत हो । यसमा पाइने पोटासियमले हाई ब्लड प्रेसरलाई नियन्त्रण गर्छ । यसमा पाइने फिनोल, ओमेगा–३, ओमेगा–६ फ्याटी एसिडले मानिसलाई मुटु रोगबाट बचाउँछ । पोटासियमबाहेक अञ्जिरमा क्याल्सियम, फस्फोरस र म्याग्नेसियम पनि प्रशस्त मात्रामा पाइन्छ । यसमा पाइने फाइबरले पेटसम्बन्धी समस्यामा निकै फाइदा गर्छ । यसका साथै यसले तौल घटाउनमा पनि महत्त्वपूर्ण भूमिका खेल्छ । तर मधुमेहका बिरामीले भने सीमित मात्रामा मात्रै अञ्जीरको सेवन गर्नुपर्छ ।
(अस्वीकरणः यो सामग्रीले सामान्य जानकारीका लागि मात्रै दिइएको हो । यसलाई प्रयोगमा ल्याउनु अघि एक पटक चिकित्सकसँग परामर्श गर्नु होला ।)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रतिनिधि सभा बैठक बस्दै, ९ मन्त्रालयको बजेटमाथि छलफल हुने
-
सरकारी विद्यालय सुधार्दै मध्यपुरथिमि : 'बुक फ्रि डे' देखि विद्यार्थीको दुर्घटना बिमासम्मका जनमुखी कार्यक्रम
-
काँधमा भारी, साथमा वस्तुभाउ: बर्खा छल्न र चरनका लागि लेक उक्लिँदै गोठाला
-
सीमा क्षेत्रको बाँध अग्लो बनाउँदा, गौर डुबानको जोखिममा
-
आजको मौसम : कतै बादल र वर्षाको भेल, कतै टन्टलापुर घाम र तातो दिन
-
आइभरी कोस्ट र इक्वेडरबिचको पहिलो हाफ गोलरहित बराबरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण