पैगम्बर मोहम्मदको कार्टुन देखाउने शिक्षकको हत्या मामिलामा फ्रान्समा सुनुवाइ सुरु
पेरिस । फ्रान्सको राजधानी पेरिसमा स्यामुअल प्याटी नाम गरेका शिक्षकको हत्यारालाई उक्साएको र सहयोग गरेको आरोपमा ८ जनाविरुद्ध पेरिसको अदालतमा सुनुवाइ सुरु भएको छ । सन् २०२० को अक्टोबर १६ मा चेचन्या मूलका अब्दुल्लाख अन्जोरोभले पेरिसमा विद्यालय बाहिर शिक्षक स्यामुअल प्याटीको हत्या गरेका थिए ।
यस क्रममा अब्दुल्लाको पनि प्रहरीको गोली लागेर मृत्यु भएको थियो । तर अब यो हत्यामा सहयोग गर्ने वा दुरुत्साहन गरेको अभियोगमा ८ जनाविरुद्धको सुनुवाइ आगामी सात सातासम्म जारी रहनेछ । मुद्दाका दुई प्रतिवादीहरूमाथि शिक्षकलाई इन्टरनेटमा इश निन्दा गर्ने व्यक्ति बताएको आरोप छ । अन्य प्रतिवादीहरूमाथि भने अन्जोरोभलाई विभिन्न तरिकामा मद्दत गरेको आरोप छ ।
प्याटी राजधानी पेरिसको उपनगर कन्फ्लान्स–सेन्ट–होनोरेको स्कुलमा शिक्षक थिए । सन् २०२० मा अक्टोबर ६ मा उनले बालबालिकालाई ‘फ्रीडम अफ स्पीच’ पठाइरहेका थिए । यस विषयमा उनले विद्यार्थीलाई पहिला पनि कयौं पटक पढाइ सकेका थिए । यस क्रममा उनले सन् २०१५ मा फ्रान्सेली पत्रिका ‘शार्ली हेब्दो’मा काम गर्ने व्यक्तिमाथि भएको हमलाको उल्लेख गरेका थिए र चार्ली हेब्दोले प्रकाशित गरेको पैगम्बर मोहम्मदको कार्टुनलाई केही बेर देखाएका पनि थिए ।
तर, त्यसो गर्नुअघि उनले यस्ता कार्टुन हेर्न मन नपर्ने विद्यार्थीलाई आँखा बन्द गर्न भनेका थिए । त्यसबेलाका केही समाचारमा केही मुस्लिम अभिभावकले शिक्षकप्रति गुनासो गरेको खबर आएको थियो । सन् २०१५ मा पेरिसस्थि व्यंग्य पत्रिका शार्ली हेब्दोको कार्यालयमा भएको आक्रमणमा पत्रिकाका चर्चित कार्टुनिस्टसहित १२ जनाको मृत्यु भएको थियो । शार्ली हेब्दो पत्रिकालाई पैगम्बर मोहम्मदको विवादास्पद कार्टुन प्रकाशित गरेकोमा निशाना बनाइएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सगरमाथामा ‘चमत्कार’ : सात दिनपछि ‘डेथ जोन’ बाट कसरी जीवितै फर्किए दावा शेर्पा ?
-
ट्रम्पद्वारा ८ हजार संघीय कर्मचारीलाई हटाउने आदेशमा हस्ताक्षर
-
चिडियाखानामा ‘ट्रम्प’ भैँसी
-
हरियालीमा २० मिनेट मात्रै बिताउँदा पनि कम हुन्छ तनाव
-
राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई स्वतन्त्र बनाउनुपर्नेमा सांसदहरुको जोड
-
विद्यालय तहको ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ पुनरावलोकन गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण