आइतबार, २३ मङ्सिर २०८१
ताजा लोकप्रिय
प्रथम एसियाली बौद्ध शिखर सम्मेलन

बुद्धको उपदेशले एसियालीलाई बलियो बनायो :  डा लामा

बिहीबार, २२ कात्तिक २०८१, ०९ : ४०
बिहीबार, २२ कात्तिक २०८१

बुटवल । लुम्बिनी विकास कोषका उपाध्यक्ष डा ल्हारक्याल लामाले भारतको नयाँ दिल्लीमा भएको प्रथम एसियाली बौद्ध शिखर सम्मेलन २०२४ लाई सम्बोधन गरेका छन् । भारत सरकारको संस्कृति मन्त्रालयले अन्तर्राष्ट्रिय बौद्ध महासंघ (आइबिसि) सँगको सहकार्यमा आयोजना गरेको २ दिने सम्मेलनमा उपाध्यक्ष लामाले बुधबार साँझ  सम्बोधन गर्दै बुद्ध जन्मस्थल लुम्बिनी नेपालमा जन्मेका भगवान् बुद्धको उपदेशले नै एसियालाई बलियो र एकताबद्ध बनाउने बताएको लुम्बिनी विकास कोष सल्लाहकार विनोद परिवारले जानकारी दिए।

उपाध्यक्ष डा लामाले बुद्ध शिक्षा मार्फत एसियाले आफूलाई विश्वमा अगुवाइ गर्न सक्ने बताएका छन् । बुद्ध धर्मको वास्तुकला र ध्यानको माध्यमबाट सम्पूर्ण एसियालाई जोड्न सकिने उपाध्यक्ष लामाले बताए । उनले एसियन बुद्धिस्ट समिट जस्ता कार्यक्रमहरूले बुद्धका चार आर्य सत्य संसारभर फैलाउन र बौद्ध परम्पराहरूको बारेमा छलफल गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताए ।

एसियाली मुलुकहरूमा बुद्ध धर्म र बौद्ध शिक्षाको विभिन्न तरिकाले अनुसरण भइरहेको बताउँदै डा।लामाले एक चक्रवर्ती राजाले धम्म शिक्षाको माध्यमबाट संसाभर राज गरेको समेत स्मरण गरे । बौद्ध ग्रन्थहरूले ‘एसिया’ शब्दलाई पहिचान नगर्ने बताउँदै जम्बुद्वीप र मध्यदेशका चक्रवर्ती राजाले संसारलाई धम्म शासनमार्फत जोडेको उनले बताए । 

नेपालको लुम्बिनीमा जन्मिएका बुद्धको शिक्षा भारतबाट बिस्तार भएको स्मरण गर्दै अब बुद्धका मुख्य शिक्षाहरूलाई विश्वभर फैलाउनुपर्नेमा उपाध्यक्ष डा लामाले जोड दिए । अन्तर्राष्ट्रिय बौद्ध महासंघका उपाध्यक्ष समेत रहेका डा लामाले बुद्धका उपदेशका बारेमा भारत सरकार र एसियाका अन्य देशहरूले समेत यस्ता विद्धानहरूको सम्मेलन आयोजना गर्नुपर्ने बताए ।

larkal2

उनले आफू लुम्बिनी विकास कोषको कार्यकारी उपाध्यक्षका रूपमा सम्मेलनमा सहभागी धर्मगुरु, भिक्षु भिक्षुणी, लामाहरू सहित विभिन्न देशका विद्धानहरूलाई भगवान् बुद्धको जन्मस्थल जन्मस्थल लुम्बिनीका लागि निमन्त्रणा गरे । कार्तिक २० र २१ गते भारतको नयाँ दिल्लीमा प्रथम दक्षिण एसियाली बौद्ध शिखर सम्मेलन भएको हो । 

सम्मेलनको भारतका राष्ट्रपति द्रौपदी मुर्मुले उद्घाटन गरेकी थिइन । शिखर सम्मेलनमा नेपाल सहित एसियाली देशका बौद्ध धर्मगुरु, विद्वान, विज्ञ र अभ्यासकर्ताहरूको उपस्थिति थियो । एसियाली देशमा रहेका बौद्ध सम्प्रदायहरुविच आपसी संवाद र समझदारीलाई प्रवर्द्धन र बौद्ध समुदायले सामना गरिरहेका समसामयिक चुनौतीहरूका विषयमा सम्मेलनमा छलफल गरिएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप

छुटाउनुभयो कि ?