इजरायलका लागि जासुसी गरेको आरोपमा इरानमा चार जनालाई मृत्युदण्डको सजाय
बिहीबार, २२ कात्तिक २०८१, १६ : ४२
तेहरान । इरानको एक अदालतले इजरायलका लागि जासुसी गरेको आरोपमा चार जनालाई मृत्युदण्डको सजाय सुनाएको छ ।
इरानी समाचार एजेन्सी फार्सको रिपोर्टअनुसार चार अपराधीहरूको राष्ट्रियता खुलासा गरिएको छैन । तर उनीहरूमाथि सन् २०२० मा इरानी आणविक वैज्ञानिक मोहसेन फख्रिजादेहको हत्यामा प्रयोग भएको हतियार बोकेको र इजरायली गुप्तचर एजेन्सी मोसादलाई सहयोग गरेको आरोप छ ।
फख्रीजादेहलाई परमाणु हतियार क्षमता विकास गर्न गोप्य इरानी कार्यक्रमको मास्टरमाइन्ड मानिन्छ । इजरायल सुरुदेखि नै इरानको शत्रु राष्ट्र भन्दै आएको छ । यस्तो अवस्थामा इजरायली गतिविधिलाई लिएर इरानी प्रशासन निकै सजग रहने गरेको छ । इरानले विगतमा पनि इजरायली जासुसविरुद्ध कडा कारबाही गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आम्दानीको प्रमुख माध्यम बंगुर र माछापालन
-
विषवृक्ष रोपे फाल्ने रवि–बालेनको चेतावनी, तर पार्टीमा छताछुल्ल गुटबन्दी
-
स्पेनमा तातो लहरपछि भीषण डढेलो, हजारौँ हेक्टर वन क्षेत्र नष्ट
-
धितोपत्र बोर्डका नवनियुक्त अध्यक्षले लिए शपथ, लगानीकर्ताको हितमा काम गर्न अर्थमन्त्रीको निर्देशन
-
कृषिलाई सम्मानित र लाभदायी पेसा बनाएर युवाहरूलाई आकर्षित गर्नुपर्छ: आङदेम्बे
-
सारिका घिमिरेदेखि थानेश्वर गौतमसम्मले जिते अवार्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण