पुल्चोक क्याम्पसमा नमुना राष्ट्र सङ्घ हुँदै
काठमाडौँ । पुल्चोक इन्जिनियरिङ क्याम्पसमा ‘पुल्चोक नमुना राष्ट्र सङ्घ’ (मोडेल युनाइडेड नेसन्स) कार्यक्रम आयोजना हुने भएको छ । इन्जिनियरिङ विथआउट बोडर्रस पुल्चोकको सहकार्यमा मङ्सिर १६ देखि १८ गतेसम्म नमुना राष्ट्र सङ्घ कार्यक्रम आयोजना हुन लागेको हो ।
स्नातक तहका विद्यार्थीहरूलाई प्राथमिकतामा राखिएर उक्त कार्यक्रममा पुल्चोक क्याम्पसका मात्र नभई अन्य क्याम्पसका विद्यार्थीले समेत भाग लिने पाउनेछन् । कार्यक्रममा भाग लिने सहभागीहरूले विभिन्न देशको प्रतिनिधिको रूपमा प्रस्तुत हुनुपर्नेछ । त्यसमा उनीहरूले राष्ट्र सङ्घका गरिने छलफलमा झैँ विभिन्न विषयमा छलफल गर्नुका साथै अन्तर्राष्ट्रिय भूराजनीतिका विषयमा समेत सिक्ने अवसर पाउनेछन् ।
पुल्चोक नमुना राष्ट्र सङ्घ कार्यक्रमलाई पुल्चोक क्याम्पसले आधिकारिक मान्यता दिएको छ । गत वर्षदेखि सुरु भएको कार्यक्रम अहिले दोस्रो संस्करण हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एनपीएलमा आज दुई खेल हुँदै, काठमाडौँले कर्णाली र लुम्बिनीले विराटनगरसँग प्रतिस्पर्धा गर्दै
-
नेपाल–चीन सम्बन्धका विविध आयामबारे प्रधानमन्त्री ओलीले आज पेकिङ विश्वविद्यालयमा प्रवचन दिने
-
धरहरामा कति छन् निर्माण हुन बाँकी संरचना ?
-
चुरेमा बाँस रोप्न दातृ निकाय खोज्दै सरकार
-
घरेलु मैदानमा लेस्टर सिटीले जोगायो इज्जत
-
बढ्यो जाडो, कस्तो रहला मौसम ?