पूर्व बाल सेनाका तर्फबाट प्रचण्ड र बाबुरामलाई विपक्षी बनाइएको रिट पेसीमा
काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र बाबुराम भट्टराईलाई विपक्षी बनाई पूर्व लडाकुले दायर गरेको एक रिटमा सर्वोच्च अदालतमा आज सुनुवाइका लागि पेसी तोकिएको छ। पूर्व बाल सैनिक लेलिन विष्टले दर्ता गरेको दुई थान निवेदन सुनवाइका लागि पेसी तोकिएको हो ।
न्यायाधीशहरू मनोजकुमार शर्मा र टेकप्रसाद ढुङ्गानाको इजलासमा पेसी तोकिएको छ। रिटमा माओवादीका नेता पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई विपक्षी बनाइएको छ। रिटमा युद्ध मा बाल सेना प्रयोग गरेको भन्दै कारबाही गर्न माग गरिएको छ।
विष्टले सुरुमा २०८० जेठ २८ गते रिट दर्ता गरेका थिए भने उक्त रिटको फैसला नभएपछि पुन २०८१ भदौ २४ गते दोस्रो मुद्दा दायर गरेका थिए । सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित दुई कानुन संशोधनका क्रममा बाल सेनाको सरोकार उपेक्षा गरिएको दाबी रिटमा गरिएको छ।
दुवै रिट यसअघि दुई पटक हेर्न नभ्याइने हुँदै सुनुवाइ सर्दै आएको थियो । भदौ ३० र असोज ७ गते पेसी तोकिए पनि सुनुवाइ हुन सकेन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भोजपुरमा प्राविधिकमाथि कुटपिट
-
सलमान खानले छाड्न लागेका हुन् ग्यालेक्सी अपार्टमेन्ट ?
-
रास्वपामा बालबालिकाको प्रयोग : पार्टी मौन, मानवअधिकार आयोग बेखबर
-
पूर्वशेफद्वारा काइली जेनरमाथि गम्भीर आरोप
-
सर्लाहीका निलम्बित मेयर भरत थापालाई साधारण तारेखमा राख्न आदेश
-
गृहमन्त्रीपछि उद्योगमन्त्रीको गाडीको कालो सिसा हटाइयो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण