पुथा उत्तरङ्गामा एमाले र माओवादीले छाने उम्मेदवार
शनिबार, २४ कात्तिक २०८१, १२ : ३२

बुटवल । रुकुम पूर्व जिल्लाको पुथा उत्तरङ्गा गाउँपालिका उपाध्यक्षमा एमाले र माओवादीले उम्मेदवारको टुंगो लगाएका छन् । नेपाली कांग्रेस भने अझै टुङ्गोमा पुग्न सकेको छैन ।
माओवादी रुकुम जिल्ला संयोजक कुमारी बरालले माओवादी केन्द्रबाट ज्ञानदेवी पुनलाई उम्मेदवार बनाउने निर्णय गरेको रातोपाटीलाई बताइन् । यसअघि एमालेले केश कुमारी तुलाधरलाई उम्मेदवार बनाउने निर्णय गरेको थियो ।
नेपाली कांग्रेसका जिल्ला उपसभापति भीमबहादुर खड्काले आगामी सोमबारभित्र उम्मेदवारको टुङ्गो लगाउने जानकारी दिए ।
यस्तै सोही गाउँ पालिकाको २ नम्बर वडाध्यक्षमा माओवादी केन्द्रले जगत घर्ती मगर र एमालेले जीवन रोका मगरलाई वडाध्यक्षको उम्मेदवार बनाउने भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चलचित्र विकास बोर्डको सदस्यमा भट्ट नियुक्त
-
तीनकुने घटना : आपराधिक उपद्रवमा संलग्नलाई थप ७ दिन हिरासतमा राख्न अनुमति
-
सांसद पत्नी अन्जला जोडिएको मुद्दामा सक्कल मिसिल झिकाउने आदेश
-
वाईसीएलको कर्णाली प्रदेश अध्यक्षमा शर्मा पक्षधर ओली चयन
-
संवैधानिक नियुक्ति विवाद : जेठ २८ गते फैसला सुनाइने
-
बलात्कार मुद्दामा जेल बसेर निस्केपछि किर्ते कागजातको धन्दा