सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय

पौडी खेल्ने क्रममा डुबेर आठ वर्षीया बालिकाको मृत्यु

आइतबार, ०७ असार २०८३, २३ : २१
आइतबार, ०७ असार २०८३

सारांश

  • कमलतालमा पौडी खेल्दा आठ वर्षीया बालिकाको डुबेर मृत्यु भएको छ ।
  • साथीहरूको खबरपछि प्रहरीले उद्धार गरी अस्पताल लगेको थियो ।
  • उपचारको क्रममा बालिकाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

रुकुमपश्चिम । रुकुमपूर्वको सिस्ने गाउँपालिका–५ स्थित कमलतालमा डुबेर एक बालिकाको मृत्यु भएको छ ।

तालमा पौडी खेल्ने क्रममा बालिकाको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका सूचना अधिकारी एवं प्रहरी निरीक्षक लालबहादुर विकले जानकारी दिए । पुथा उत्तरगङ्गा गाउँपालिका–९ खाराबाङकी आठ वर्षीया साहासी रोका मगरको मृत्यु भएको हो ।

बालिका तालमा डुबेपछि उनका साथीले प्रहरीलाई खबर गरेका थिए । सूचना पाए लगत्तै घटनास्थल गएको प्रहरीले उनलाई उद्धार गरी जिल्ला अस्पताल रुकुमपूर्व लगेको थियो । उनको उपचारका क्रममा मृत्यु भएको सूचना अधिकारी विकले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप