आइतबार, २३ मङ्सिर २०८१
ताजा लोकप्रिय

एयरलाइन्स कम्पनी विस्ताराको आज अन्तिम उडान

सोमबार, २६ कात्तिक २०८१, ११ : ४४
सोमबार, २६ कात्तिक २०८१

नयाँ दिल्ली । भारतको तेस्रो ठुलो एयरलाइन्स कम्पनी विस्ताराले नोभेम्बर ११ मा आफ्नो अन्तिम उडान गर्दैछ । नोभेम्बर १२ देखि विस्तारा एयर इन्डियामा गाभिनेछ । यसका सारा उडान एयर इन्डियाले सञ्चालन गर्नेछ । यसका लागि टिकट बुकिङ पनि एयर इन्डियाको वेबसाइटबाट हुनेछ ।

एयर इन्डिया र विस्टाराले सन् २०२२ को नोभेम्बरमा मर्जर सम्झौतामा हस्ताक्षर गरेका थिए । यो सम्झौतालाई भारतको प्रतिस्पर्धा हेर्न नियामक कम्पिटिशन कमिसन अफ इन्डिया (सीसीआई)ले सन् २०२३ को सेप्टेम्बरमा अनुमोदन गरेको थियो । मर्जरपछि, एयर इन्डिया समूह बजार साझेदारीको हिसाबले इन्डिगोपछि भारतको दोस्रो ठुलो घरेलु एयरलाइन र सबैभन्दा ठुलो अन्तर्राष्ट्रिय एयरलाइन बनेको छ ।

मर्जरपछि, एयर इन्डिया फूल–सर्भिस र सस्तो बजेटका हवाई सेवा सञ्चालन गर्ने एकमात्र भारतीय वायुसेवा समूह हुनेछ । भर्जरपछि एयर इन्डियासँग २१८ थान वाइड बडी र न्यारोबडी विमान छन् । यिनीहरूले ३८ अन्तर्राष्ट्रिय र ५२ घरेलु गन्तव्यमा सेवा दिनेछन् । विस्तारा सन् २०१३ मा स्थापना भएको थियो । पूर्वी–मध्य एसिया र युरोपमा अन्तर्राष्ट्रिय हवाई सेवा दिँदै आएको यो भारतको लिडिङ फुल सर्भिस हवाई सेवा प्रदायक थियो ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप

छुटाउनुभयो कि ?