मन्त्रिपरिषद्को निर्णय विरुद्धको रिट न्यायाधीश पाण्डेयको इजलासमा पेसी
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरण र उद्योगीका बिचमा चलिरहेको डेडिकेटेड ट्रक लाइन महसुल विवादमा सर्वोच्च अदालतमा दर्ता भएको रिट न्यायाधीश नित्यानन्द पाण्डेयको एकल इजलासमा पेसी तोकिएको छ।
मन्त्रिपरिषद् बैठकको निर्णयविरुद्ध अधिवक्ता खडानन्द कँडेलले रिट दायर गरेका थिए । रिटको प्रारम्भिक सुनुवाइका लागि बुधवार एकल इजलास तोकिएको हो ।
नेपाल विद्युत् प्राधिकरणले लोडसेडिङका बेला विभिन्न उद्योगहरूलाई डेडिकेटेड तथा ट्रंकलाइनबाट दिएको बिजुलीमा प्रिमियम जोडेर बिल पठाए पनि केही उद्योगहरूले तिर्न मानेका थिएनन् ।
बक्यौता नतिरेपछि नेपाल विद्युत् प्राधिकरणले लाइन काटे पनि मन्त्रिपरिषद्को आइतबारको बैठकले जोड्ने निर्णय गरेको थियो । जसअनुसार प्राधिकरणको मङ्गलवार बसेको बोर्ड बैठकले लाइन जोड्ने निर्णय गरिसकेको छ ।
सरकारी राजश्वको रूपमा असुल हुने रकम रोक्ने गरी मन्त्रिपरिषद्बाट निर्णय भएको र उक्त निर्णय गैरकानुनी भएकाले अन्तरिम आदेश मार्फत रोक लगाउँदै विद्युत् प्राधिकरणको नाममा तत्काल रकम असुल भनेर अन्तरिम आदेश जारी हुनुपर्ने माग रिटमा गरिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वी भारतको पेट्रोकेमिकल प्लान्टमा आगलागी, २० जना घाइते
-
नारायणगढ–मुग्लिन सडकमा पहिरो पन्छाउने उपकरण तयारी अवस्थामा
-
भोजपुरमा प्राविधिकमाथि कुटपिट
-
सलमान खानले छाड्न लागेका हुन् ग्यालेक्सी अपार्टमेन्ट ?
-
रास्वपामा बालबालिकाको प्रयोग : पार्टी मौन, मानवअधिकार आयोग बेखबर
-
पूर्वशेफद्वारा काइली जेनरमाथि गम्भीर आरोप
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण