बमको धम्कीपछि इन्डिगोको विमानलाई आकस्मिक अवतरण गराइयो
बिहीबार, २९ कात्तिक २०८१, ११ : ३६
नयाँ दिल्ली । भारतीय हवाई सेवा प्रदायक कम्पनी इन्डिगोको कोलकता उडेको जहाजलाई आकस्मिक अवतरण गराएको छ । विमानभित्र बम राखिएको धम्की आएपछि बिहीबार बिहान रायपुर विमानस्थलमा विमानको आकस्मिक अवतरण गरिएको हो ।
सो विमानभित्र १८७ जना यात्रु र ६ जना क्रु मेम्बर रहेको प्रहरीले बताएको छ । विमान नागपुरबाट कोलकताका लागि उडेको थियो ।
विमानस्थलका अधिकारीहरूले धम्की पाएपछि विमानलाई रायपुरमा अवतरण गरिएको रायपुरको एसएसपी सन्तोष सिंहले बताए । विमान बिहान ९ बजेपछि रायपुर विमानस्थलमा अवतरण भएको थियो । सुरक्षा जाँचका लागि अलग्गै राखिएको अधिकारीहरूले भनेका छन् । प्राविधिक कर्मचारी र बम स्क्वाडले विमानको राम्रोसँग जाँच गरिरहेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कस्तो रहला तपाईँको यो साता ? हेर्नुहोस् साप्ताहिक राशिफल
-
मैत्रीपूर्ण खेलमा जर्मनीको जित, अमेरिका २–१ गोल अन्तरले पराजित
-
सिरदली–चौडेनी सडक स्तरोन्नति
-
मैत्रीपूर्ण खेलमा पोर्चुगलद्वारा चिली पराजित
-
बाढीले अवरुद्ध दिक्तेल–चखेवाभञ्ज्याङ सडक सञ्चालनमा
-
फलहरूको राजा आँप: मधुमेहका बिरामीले खान मिल्छ कि मिल्दैन ? यस्ता छन् फाइदा र खानुपर्ने सही तरिका
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण