सोफा किन्दा ३ जनाले पाए युरोप भ्रमणको अवसर
काठमाडौँ । सोफा तथा फर्निचरका सामान खरिद गर्दा तीन जना भाग्यशाली विजेताले युरोप भ्रमणको अवसर प्राप्त गरेका छन् । दसैँ, तिहार र छठ पर्वको अवसरमा सोफा हब काठमाडौँले सञ्चालन गरेको यो अफरको बिहीबार आयोजित एक कार्यक्रमका बिच घोषणा गरिएको हो ।
जसअनुसार चितवनका भुमेश्वर ढकाल, काठमाडौँकी निर्मला कार्की र पोखराकी निर्मला पहाडी विजेता भएको सोफा हब काठमाडौँका प्रबन्ध निर्देशक तथा सीईओ तारालाल धरेलले जानकारी दिए ।
लक्की ड्र मार्फत तीन जना विजेता छानिएसँगै उनीहरुलाई युरोपस्थित अजरबैजानको बाकु भ्रमणको अवसर प्रदान गरिने उनको भनाइ छ । यो योजना अन्तर्गत सोफा हबमा सोफा तथा फर्निचर खरिद गर्दा ग्राहकहरूले एउटा कुपन पाएका थिए । यही कुपनको आधारमा लक्की ड्र बाट विजेता घोषणा गरिएको उनको भनाइ छ ।
सो अवसरमा धरेलले आगामी दिनहरूमा सोफा हब काठमाडौँले विभिन्न सुविधासहितको ग्राहकमुखी योजनाहरू ल्याउने बताए ।
सोफा हबले सामाखुशी रेडनस्थित कोइराला मार्ट,कलंकी , गोठाटार हाईट पोखरा, नेपालगन्ज ,चितवनको लङ्कुबाट हरेक किसिमको सोफा तथा फर्निचरका सामग्री उत्पादन तथा बिक्री गर्दै आइरहेको छ।
सोफा अबले २०० जना भन्दा बढी कामदारलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा रोजगार दिँदै आएको छ भने ग्राहकलाई सर्वसुलभ मूल्यमा गुणस्तरीय सामाग्री उपलब्ध गराउँदै आएको धरेलले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुटु रोगका बिरामीको सङ्ख्या बढ्दो, विशेषज्ञ चिकित्सकको चरम अभाव
-
साउन २८ गतेको तारेख लिएर विशेष अदालतबाट बाहिरिए विष्णु पौडेल, तस्बिरहरू
-
विष्णु पौडेललाई किन दिइयो साधारण तारेखमा छाड्ने आदेश ?
-
लुम्बिनीमा सत्ता दौड तीव्र, कांग्रेस–एमालेले खोजे नेकपाको साथ
-
विशेष अदालतले लक्ष्यको ८४ प्रतिशत मुद्दा फर्छ्यौट गर्यो
-
कोलकाताबाट विराटनगरका लागि पहिलो पटक रेल कार्गो सेवा सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण