कम्बोडिया जानुअघि सभामुख घिमिरेद्वारा राष्ट्रपति र प्रधानमन्त्रीसँग भेट
काठमाडौँ । सहिष्णुता र शान्तिका लागि अन्तर्राष्ट्रिय संसद् (आईपीटीपी)को बैठकमा जानुअघि सभामुख देवराज घिमिरेले शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेका छन् ।
सभामुखले शुक्रबार बिहान शीतल निवास पुगेर राष्ट्रपति र बालुवाटारमा प्रधानमन्त्री ओलीसँग भेट गरेका हुन् । भेटमा कम्बोडिया भ्रमण कार्यक्रम, संसदीय गतिविधि लगायतका विषयमा छलफल भएको छ ।
सभामुख घिमिरेका प्रेस सल्लाहकार शेखर अधिकारीले दिएको जानकारी अनुसार सभामुख घिमिरेले विश्व मञ्चमा नेपालको शान्ति निर्माणमा भएका प्रयासबारे धारणा राख्ने जानकारी भेटमा दिए ।
अधिकारीका अनुसार सभामुख घिमिरेले आईपीटीपीको मञ्चमा नेपालको तर्फबाट मुलुकको शान्ति स्थापनामा भएका प्रयासबारे सम्बोधन गर्ने तय भएको छ ।
भेटमा राष्ट्रपति पौडेल र प्रधानमन्त्री ओलीले सभामुखको भ्रमण सफलताको शुभकामना व्यक्त गरेका छन् ।
कम्बोडियाको राजधानी नोम पेन्हमा मंसिर ८ देखि ११ गतेसम्म हुने आईपीटीपीको ११औँ बैठकमा सहभागी हुन सभामुख घिमिरे ५ सदस्यीय संसदीय टोलीको नेतृत्व गर्दै शुक्रबार कम्बोडिया प्रस्थान गर्दैछन् ।
११ औँ बैठक ‘शान्ति, मेलमिलाप र सहिष्णुताको खोज’ भन्ने मूल विषयसँगै शान्ति निर्माण, मेलमिलाप र सहिष्णुताको संरचना निर्माणमा सरकार, संसद् र नागरिक समाजबिचको समन्वय एवं सह–अस्तित्व र समावेशी सम्बन्धको लागि बहुपक्षीयता र साझेदारीलाई सुदृढ बनाउने विषयमा छलफल हुनेछ ।
बैठकमा विश्वभरका सरकार, संसद् र नागरिक समाजका अगुवाहरूको सहभागिता रहने बताइएको छ ।
सभामुखले कम्बोडियाली संसद्का सभामुखसहित केही समकक्षीसँग साइडलाइन वार्ता गर्ने तय भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दक्षिणी थाइल्यान्डमा सुरक्षा चौकीमाथि आक्रमण, ५ जना सैनिकको मृत्यु
-
छुट्टाछुट्टै दुर्घटनामा चार जनाले गुमाए ज्यान
-
कुवेतस्थित अमेरिकी प्याट्रियट मिसाइल प्रणाली र सैन्य उपकरणमा आक्रमण गरेको इरानको दाबी
-
विश्वविद्यालयहरूलाई पूर्ण रूपमा राजनीतिक हस्तक्षेपमुक्त बनाइने : शिक्षामन्त्री पोखरेल
-
‘शिक्षामन्त्रीले राजीनामा नदिएसम्म कुनै छलफल हुँदैन’
-
स्वरूप परिवर्तन गरिएका थप १८ मोटरसाइकल नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण