विश्वकी सबैभन्दा अग्ली र सबैभन्दा होची महिला चियाका लागि भेटेपछि...
लन्डन । विश्वकी सबैभन्दा अग्ली र होची महिलाले चिया खान लन्डनमा भेटिएका छन् । गिनिज वर्ल्ड रेकर्ड्स डे मनाउन गिनिज बूकमा नाम लेखाएका यी दुबै जना साभोय होटलमा भेटिएको गिनिज वर्ल्ड रेकर्डस्ले बुधबार एउटा विज्ञप्तिमा भनेको हो ।
२१५ दशमलव १६ सेमी (७ फिट शून्य ७ इञ्च)की रुमेसा गेल्गी विश्वकी सबैभन्दा अग्ली महिला हुन् । ६२ दशमलव ८ सेमी (२ फिट शून्य ७ इञ्च)की ज्योति आम्गे सबैभन्दा होची महिला हुन् । यी दुईबिचको उचाइमा १५२ दशमलव ३६ सेमी अर्थात् ५ फिटको भिन्नता छ ।
दुईबिच केही समानता रहेको र दुवैलाई मेक–अप गर्न मन पर्ने, आफ्नो खुबै ख्याल राख्ने, गरगहनाले सजिने मन पर्ने र नङ्ग रंगाउन रुचाउने गेल्गीले विज्ञप्तिमा भनेकी छिन् । तर दुईबिचको उचाइमा निकै अन्तर भएकोले एक अर्कासँग आँखा जुधाएर कुरा गर्न अप्ठ्यारो भएको तर भेट निकै भव्य रहेको उनले बताइन् । गेल्गीलाई भेट्न पाउँदा आफू पनि निकै खुसी भएको अम्गेले बताइन् । गेल्गी टर्कीकी वेब डिजाइनर हुन् । भारतमा जन्मिएकी अम्गे भने अभिनेत्री र मिडिया व्यक्तित्व हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ महानगरले निःशुल्क पिउने पानी बुथ बनाउने, सार्वजनिक शौचालयको अवधारणा
-
के छ काठमाडौँ महानगरको नीति तथा कार्यक्रममा ?
-
काठमाडौँ महानगरले एकीकृत करदाता परिचय नम्बर पूर्ण रुपमा लागू गर्ने
-
काठमाडौँ महानगरले सात क्लस्टर विभाजन गरी फोहर मैलाको व्यवस्थापन गर्ने
-
काठमाडौँ महानगरपालिकाले ‘जेन जेड, जेन एल्फा’ विशेष कार्यक्रम सञ्चालन गर्ने
-
नयाँ पार्टी घोषणाको तयारी: धवलशमशेर अध्यक्ष, दुर्गा प्रसाईं सर्वमान्य नेता !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण